मुख्य समाचार
हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ : प्रधानमन्त्रीको राजीनामा माग्नु पर्ने कारण नै छैन
हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ : प्रधानमन्त्रीको राजीनामा माग्नु पर्ने कारण नै छैन

: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीबीच प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको विषयलाई लिएर राजनीतिक मतभेद देखिएको छ ।

सांसद राईले प्रधानमन्त्रीको राजीनामा माग गर्दै विज्ञप्ति जारी गरेपछि सांसद शाहीले त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा एक स्टाटस जारी गरेका छन् । सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदीय अभ्यासमा गैरजिम्मेवार देखिएको आरोप लगाउँदै पद त्यागको माग गरेका छन् । उनले प्रधानमन्त्रीले संसदको अपमान गरेको दाबी गर्दै मुख्य तीन कारण अगाडि सारेका छन् ।

पहिलो कारण बैसाख २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्रीले सभा छोडेर बाहिरिएको, दोस्रो कारण बैसाख ३०-३१ गतेको छलफलमा उपस्थित नभई नजिकैको कार्यालयबाट लाइभ हेरेर बसेको तर जवाफ दिन नआएको र तेस्रो कारण जनताको सार्वभौम सदनलाई बेवास्ता गरेर पदमा बसिरहनु अनैतिक हुने र यसले संसदीय इतिहासमा कालो धब्बा लगाएको राईको ठहर छ ।



‘कर्तव्य पूरा गर्न नसक्नेले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्छ’, राईले विज्ञप्तिमा उल्लेख गरेका छन् । यसै विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले चार वटा बुँदामा प्रतिवाद गरेका हुन् । उनले सांसद राईको मागप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै औचित्य नरहेको बताएका छन् । उनले विगतका शक्तिहरूले देश लुटेको सन्दर्भ स्मरण गराउँदै वर्तमान सरकार जनमतबाट आएको स्पष्ट पारेका हुन् ।

ज्ञानेन्द्रले ३५ वर्षसम्म देश लुट्ने र भ्रष्टाचार गर्नेहरू विरुद्धको लडाइँका लागि जनताले अहिलेको शक्तिलाई मतदान गरेकाले त्यसको कदर हुनुपर्ने माग राखेका छन् । साथै उनले प्रधानमन्त्रीको राजीनामा भन्दा पनि उनलाई थप प्रजातान्त्रिक र संसदप्रति उत्तरदायी बनाउनु पर्नेमा शाहीको जोड छ । संसद जनताको आवाज सुनाउने सर्वोच्च मञ्च भएकाले प्रधानमन्त्री त्यहाँ जवाफदेही हुनुपर्ने तर पद नै त्याग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

एक पक्षले संसदीय मर्यादा र प्रक्रियालाई मुख्य मुद्दा बनाएर राजीनामाको दबाब बढाइरहेको छ भने अर्को पक्षले राजनीतिक स्थिरता र जनमतको रक्षा हुनुपर्ने तर्क गरिरहेको छ । दुवै नेताको यो जुहारीले सदन र सडकमा नयाँ बहस सिर्जना हुने पक्का देखिएको छ । यसअघि संसदमा सांसद शाही र साम्पाङले सरकारको नीति तथा कार्यक्रमका विषयमा जवाफ दिन प्रधानमन्त्री स्वयम् आउनु पर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन ...
: देशका २६५ स्थानीय तहले साढे ६३ करोड रुपैयाँभन्दा बढी रकम वितरणमा नै सकेका छन्। महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहले ग्यास, साइकल, स्वास्थ्य बिमा शुल्क, विद्युत महशुल भुक्तानी, ह्याण्ड पम्प, साडी, कम्बललगायत सामान वितरण गरेर ६२ करोड ५० लाख ९० हजार खर्च गरेका हुन्। महालेखाले यस्ता खर्च नियन्त्रण गर्न सुझाव दिएको छ। ...
: नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा दाजुभाइको हत्या गरेर फरार व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरु विदुरस्थित प्रहरी हिरासतमा र शव त्रिशुली अस्पतालमा राखिएको छ । म्यागङ गाउँपालिका–१ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको स्थानीय तोमजोङ खोलामा हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना दाजुभाइको शव फेला परेको थियो । म्यागङ गापा–१ किम्ताङबेशीमा म्यागङ–४ ...
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक सदस्य पदमा ५ जनालाई नियुक्त गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारहरूलाई ७ दिनभित्र नियुक्ति बुझ्न उपस्थित हुन आह्वान गरेको हो। नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम गठित छनोट समितिको सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई ...
: ‘शंकाले लङ्का जलाउँछ’ भन्ने उखान नेपाली समाजमा धेरै प्रयोग हुन्छ । अनावश्यक शंकाले परिवारलाई मात्र भताभुङ्ग भएका बनाउँदैन आपराधिक घटनाहरु समेत सिर्जना गराउँछन् । भारत उत्तर प्रदेशको लखनऊमा यस्तै एक हृदयविदारक घटना घटेको छ । बुधबार राति प्रेम सम्बन्धको शंकामा पतिले आफ्नी श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । त्यसपछि उनले शव ई–रिक्शामा ...