मुख्य समाचार
‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश
‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश

: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा यी दुवै उत्पादन नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको जनाएको हो।

परीक्षणका क्रममा चाउचाउमा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्डअनुरुप नपाइएको विभागको भनाइ छ।

यशोधा फुड्सबाट उत्पादन हुँदै आएका १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ गुणस्तरहिन भेटिएपछि विभाग्गले बजारमा रहेका ती उत्पादन तत्काल फिर्ता गर्न आदेश जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवा बाढीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको छ । बाढीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि पहिचानका लागि सुदूरपश्चिममा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन सुरू गरिएको जानकारी दिए । उनका ...
। १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा पानीजन्य रोग तथा खाद्य विषाक्तता (फुड पोइजनिङ) को उच्च जोखिम रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बाढीका कारण खानेपानीका स्रोतहरू प्रदूषित भएको र अस्वस्थकर खाद्य वस्तुको उपभोगले महामारी फैलिन सक्ने भन्दै विभागले सम्पूर्ण उपभोक्ता, राहत वितरक ...
। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेर उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था जटिल रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार, सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कविर महर्जनको अवस्था जटिल रहेको हो। उनलाई तत्कालै काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याएर सघन उपचार (आईसीयू) जारी ...
। रसुवा बाढीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एक जना गरी दुई जनाको मृत्यु भएको हो । मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
। त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ । उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई ...