मुख्य समाचार
एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश
एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश

: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा उक्त कम्पनीद्वारा उत्पादित ज्याक न्याक क्रयाकर्स ब्रान्डका बिस्कुटमा नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको पाइएको जनाएको हो।

परीक्षणका क्रममा बिस्कुटमा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्डअनुरुप नपाइएको विभागको भनाइ छ। ​​​​​​एसियन बिस्कुट एण्ड कन्फेक्सनरीबाट उत्पादन हुँदै आएको ७५ ग्रामको क्रयाकर्स बिस्कुट गुणस्तरहिन भेटिएपछि विभागले बजारमा रहेका बिस्कुटलाई तत्काल फिर्ता गर्न आदेश जारी गरेको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम सम्बन्धित कम्पनीलाई उक्त ब्याच नम्बरका खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न लिन आदेश दिएको हो।

साथै ऐनको दफाको उपदफा (४) बमोजिम अर्को सूचना जारी नभएसम्म ती उत्पादनको बिक्री वितरण रोक्न आदेश जारी गरिएको विभागले जनाएको छ।

योसँगै विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जुम्लाको तातोपानी गाउँपालिका–१ मा आज बिहान जंगली जडिबुटी खाएर बिरामी परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय दलजित सार्की रहेका छन् । स्थानीयका अनुसार उनले आज बिहान सवा तीन बजे सतुवा नामको जडिबुटी खाएका थिए । लगत्तै उनी बिरामी परेका थिए । त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य ...
: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने ...
। काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, ...
। विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय ...
। जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र वीर विश्कर्माका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । ...