मुख्य समाचार
कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विदेशबाट अरबौंको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए
कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विदेशबाट अरबौंको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए

: कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विदेशबाट अरबौंको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री चौधरीले विकल्प सिर्जना गरी विदेशबाट अरबौंको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका हुन्।

नेपालमा नै प्रयाप्त मल उत्पादन गर्न सके मल खरिदका लागि छुट्टाइने अरबौं रकम कृषि क्षेत्रको विकासमा उपयोग गर्न सकिने उनको भनाइ छ । मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै ५० प्रतिशत बजेट खर्च हुने गरेको उल्लेख गरिन्।

उनले कृषि पेशालाई मर्यादित र आकर्षक बनाउन नीतिगत सुधारका लागि मन्त्रालय अघि बढेको जानकारी दिइन् । कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने,किसानको उत्पादनलाई बजारीकरण गर्ने लगायतका विषयमा आफू गम्भीर रहेको उनले बताइन् । उनले कृषकलाई राज्यले उचित सहजीकरण गर्न सके राम्रो उत्पादन र सहज रुपमा बजारसँग जोड्न सकिने धारणा राखिन्।



बैठकमा समिति सदस्यहरूले कृषि उत्पादनको बजारीकरणका क्रममा कृषक मारमा पर्ने गरेको भन्दै बिचौलियाको हस्तक्षेपलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । साथै उनीहरूले रसायनिक भन्दा प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिन समेत बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीबीच प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको विषयलाई लिएर राजनीतिक मतभेद देखिएको छ । सांसद राईले प्रधानमन्त्रीको राजीनामा माग गर्दै विज्ञप्ति जारी गरेपछि सांसद शाहीले त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा एक स्टाटस जारी गरेका छन् । ...
: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन ...
: देशका २६५ स्थानीय तहले साढे ६३ करोड रुपैयाँभन्दा बढी रकम वितरणमा नै सकेका छन्। महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहले ग्यास, साइकल, स्वास्थ्य बिमा शुल्क, विद्युत महशुल भुक्तानी, ह्याण्ड पम्प, साडी, कम्बललगायत सामान वितरण गरेर ६२ करोड ५० लाख ९० हजार खर्च गरेका हुन्। महालेखाले यस्ता खर्च नियन्त्रण गर्न सुझाव दिएको छ। ...
: नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा दाजुभाइको हत्या गरेर फरार व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरु विदुरस्थित प्रहरी हिरासतमा र शव त्रिशुली अस्पतालमा राखिएको छ । म्यागङ गाउँपालिका–१ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको स्थानीय तोमजोङ खोलामा हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना दाजुभाइको शव फेला परेको थियो । म्यागङ गापा–१ किम्ताङबेशीमा म्यागङ–४ ...
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक सदस्य पदमा ५ जनालाई नियुक्त गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारहरूलाई ७ दिनभित्र नियुक्ति बुझ्न उपस्थित हुन आह्वान गरेको हो। नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम गठित छनोट समितिको सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई ...