मुख्य समाचार
सन्धिखर्क नगरपालिकाले सञ्चालन गरिरहेको गरीब घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत वडा नं. ३ को जयनेटामा अनुगमन
सन्धिखर्क नगरपालिकाले सञ्चालन गरिरहेको गरीब घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत वडा नं. ३ को जयनेटामा अनुगमन

: सन्धिखर्क नगरपालिकाले सञ्चालन गरिरहेको गरीब घरपरिवार पहिचान कार्यक्रम अन्तर्गत वडा नं. ३ को जयनेटामा अनुगमन गरिएको छ । नेपाल सरकारको गरीब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले घरदैलोमै पुगेर तथ्यांक संकलन कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले संकलन भइरहेको तथ्यांक अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै यही तथ्यांकका आधारमा संघ, प्रदेश र स्थानीय तहका सरकारले वास्तविक गरीब घरपरिवार पहिचान गरी राज्यबाट उपलब्ध हुने विभिन्न सेवा, सुविधा तथा सहुलियत प्रदान गर्ने जानकारी दिए ।

तथ्यांक संकलन कार्यलाई सफल बनाउन सबै नागरिकले सही र वास्तविक विवरण उपलब्ध गराई सहयोग गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । ‘सरकारले उपलब्ध गराउने सेवा–सुविधा वास्तविक लक्षित वर्गसम्म पुर्‍याउन तथ्यांक सही हुनु अत्यन्त आवश्यक छ ।’ सन्धिखर्क नगरपालिकाका १२ वटै वडामा अहिले तथ्यांक संकलन कार्य तीव्र रूपमा अघि बढाइएको छ । यस कार्यका लागि १७ जना गणक परिचालन गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले बताए ।



गणकहरू प्रत्येक घरपरिवारको घरदैलोमै पुगेर आवश्यक विवरण संकलन गरिरहेका छन् । नगरपालिकाले तथ्यांक संकलनका क्रममा कुनै भ्रम वा शंका भए सम्बन्धित वडा कार्यालय वा नगरपालिकासँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ । गरीब घरपरिवार पहिचान कार्यक्रममार्फत संकलन हुने तथ्यांकले आगामी दिनमा सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी तथा अन्य विभिन्न सरकारी योजनाहरू लक्षित वर्गसम्म पुर्‍याउन महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीबीच प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामाको विषयलाई लिएर राजनीतिक मतभेद देखिएको छ । सांसद राईले प्रधानमन्त्रीको राजीनामा माग गर्दै विज्ञप्ति जारी गरेपछि सांसद शाहीले त्यसको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा एक स्टाटस जारी गरेका छन् । ...
: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गरेका हुन् । सो अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजु हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन ...
: देशका २६५ स्थानीय तहले साढे ६३ करोड रुपैयाँभन्दा बढी रकम वितरणमा नै सकेका छन्। महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार स्थानीय तहले ग्यास, साइकल, स्वास्थ्य बिमा शुल्क, विद्युत महशुल भुक्तानी, ह्याण्ड पम्प, साडी, कम्बललगायत सामान वितरण गरेर ६२ करोड ५० लाख ९० हजार खर्च गरेका हुन्। महालेखाले यस्ता खर्च नियन्त्रण गर्न सुझाव दिएको छ। ...
: नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङमा दाजुभाइको हत्या गरेर फरार व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरु विदुरस्थित प्रहरी हिरासतमा र शव त्रिशुली अस्पतालमा राखिएको छ । म्यागङ गाउँपालिका–१ किम्ताङ र वर्सुन्चेतको सीमानामा रहेको स्थानीय तोमजोङ खोलामा हत्या गरेर खोलामा गाडेको अवस्थाका दुई जना दाजुभाइको शव फेला परेको थियो । म्यागङ गापा–१ किम्ताङबेशीमा म्यागङ–४ ...
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक सदस्य पदमा ५ जनालाई नियुक्त गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारहरूलाई ७ दिनभित्र नियुक्ति बुझ्न उपस्थित हुन आह्वान गरेको हो। नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम गठित छनोट समितिको सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई ...