मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएका छन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री हुने बताए ।




संसद्लाई मर्यादित र व्यवस्थित बनाउने तथा कसरी आफ्नो गन्तव्यमा ठीक ढंगले हिंडाउने भन्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको स्पष्ट गरे ।

‘संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री नै हो । बहुमतको नेतृत्व गर्ने संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था संसदीय व्यवस्था हो,’ पुनले भने, ‘त्यस अर्थमा संसद्लाई कसरी व्यवस्थित बनाउने, कसरी मर्यादित बनाउने, कसरी यसलाई आफ्नो गन्तव्यमा ठीक ढंगले हिंडाउने भन्ने जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीज्यूकै हुन्छ ।’




पुनले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको कार्यक्रम भएकाले आफ्नै कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्रीको बेवास्ताले राम्रो संकेत नगर्ने भन्दै पुनले चिन्ता व्यक्त गरे ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसदबाट बाहिरिएका प्रधानमन्त्री राष्ट्रपतिलाई धन्यवाद दिन आएको तर, धन्यवाद प्रस्तावमाथि विपक्षीले समेत समर्थन गर्दा प्रधानमन्त्री स्वयं संसदमा नहुनु दु:खद कुरा भएको बताए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नीति कार्यक्रम हो यो खासमा । राष्ट्रपतिबाट प्रस्तुत हुँदै गर्दा सम्मानीय प्रधानमन्त्री अनुपस्थित रहनुभयो । सम्बोधनपछि स्वयं प्रधानमन्त्रीले धन्यवाद प्रस्ताव राख्नुभयो । त्यो धन्यवादमाथि हामीले त्यसलाई समर्थन गर्‍यौं, तर प्रधानमन्त्री आफैंले समर्थन गर्नुभएन । यस्तो खालको नयाँ ‘र्प्याक्टिस’ भएको छ ।’

नयाँ विचार र नयाँ राजनीति भनेको यही हो कि भन्ने प्रश्न उनको थियो ।

‘साथीहरूले नयाँ भनेको यो होइन होला ? त्यसैले यतातिर पनि ध्यानाकर्षण गराउँदै लोकतन्त्रकमो सुन्दर पक्ष भनेको संवाद हो । जनतासँग प्रधानमन्त्रीको संवाद हुने मुख्य थलो ‘पार्लियामेन्ट’ नै हो,’ पुनले भने, ‘पार्लियामेन्टमा उहाँले सबैको सुन्न नसक्नुहोला । तर, एक दुई जना माननीयहरू, प्रतिपक्षी दलका नेतारुको कुरा उहाँले सुनेर आफ्नो कार्यक्रमको ‘डिफेन्टड’ गर्नुपर्थ्यो । आफ्नो कार्यक्रमका नीतिका आवश्यकताहरू के हुन भनेर उहाँले ‘डिफेन्ड’ गर्नुपर्ने हुन्छ । हामीलाई आशा छ, यसको जवाफ दिने बेलासम्म सम्मानीय प्रधानमन्त्रीले यसको स्वामित्व लिनुहुनेछ । यसको औचित्य पुष्टि गर्नुहुनेछ । नेपाली जनतालाई एक वर्षका लागि आफ्नो मार्ग चित्रबारे प्रष्ट गर्नुहुनेछ भन्ने हामीले अपेक्षा लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती छन् । एनसीकी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो । वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई ...
। नेपाली कांग्रेसका सचेतक निश्कल राईले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले संसद्मा निरन्तर उपस्थित हुनुपर्ने भनेको स्मरण गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन इन्कार गरिरहेका बेला बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक राईले रास्वपाका सांसदहरूका विगतमा अभिव्यक्ति स्मरण गरेका हुन् । प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा रास्वपाका सांसद मनिष झाले ...
। गैरसरकारी संस्था महासंघ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ । महासंघको ३१ औं वार्षिक साधरण सभाको अवसरमा काठमाडौंमा बिहीबार सम्पन्न दुई दिने राष्ट्रिय नागरिक सम्मेलनले १७ बुँदे ‘राष्ट्रिय नागरिक घोषणापत्र- २०८३’ सार्वजनिक गर्दै गत भदौ २३ र २४ गते भएका घटनाहरुको दोषीमाथि कारबाही तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक ...
। प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पदभार ग्रहण गरेका छन् । बुधबार नियुक्त सचिवले बिहीबार पदभार ग्रहण गरेका हुन् । सभामुख डोल प्रसाद (डीपी) अर्यालले नवनियुक्त सचिव अधिकारीलाई शपथ ग्रहण गराए । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरेका हुन् । अधिकारी खाँदबारी नगरपालिका वडा नं. ३ संखुवासभाका हुन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । ...
। स्वतन्त्र सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द थप गर्न सुझाव दिएका छन् । सरकारको पछिल्लो निर्णयप्रति खुसी व्यक्त गर्दै पुनले नीति तथा कार्यक्रममा अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । पुनले प्रस्तावित मन्त्रालयको नाम ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा ...