मुख्य समाचार
नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी तोकियो
नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी तोकियो

। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार मन्त्रीहरूको नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् ।

संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गठन भएको सरकारको मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् ।

कार्यविभाजनअनुसार प्रधानमन्त्री बालेनले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यस्तै अर्थमन्त्रालयको जिम्मेवारी डा स्वर्णिम वाग्लेलाई, परराष्ट्र मन्त्रालय शिशिर खनाललाई, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय विराजभक्त श्रेष्ठलाई, पूर्वाधार विकास मन्त्रालय सुनिल लम्साललाई प्रदान गरिएको छ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोविता गौतमलाई, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय सीता बादीलाई, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रतिभा रावललाई, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय निशा मेहतालाई, शिक्षा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेललाई, संस्कृ‌ति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडकराज पौडेललाई दिइएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी डा विक्रम तिमिल्सिनालाई, कृषि, वन तथा पर्यावरण मन्त्रालयको जिम्मेवारी गीता चौधरीलाई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरी कुमारीलाई, युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावती छन् । एनसीकी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको हो । वैदेशिक रोजगारीमामा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई ...
। नेपाली कांग्रेसका सचेतक निश्कल राईले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसदहरूले संसद्मा निरन्तर उपस्थित हुनुपर्ने भनेको स्मरण गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्मा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन इन्कार गरिरहेका बेला बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक राईले रास्वपाका सांसदहरूका विगतमा अभिव्यक्ति स्मरण गरेका हुन् । प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा रास्वपाका सांसद मनिष झाले ...
। गैरसरकारी संस्था महासंघ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ । महासंघको ३१ औं वार्षिक साधरण सभाको अवसरमा काठमाडौंमा बिहीबार सम्पन्न दुई दिने राष्ट्रिय नागरिक सम्मेलनले १७ बुँदे ‘राष्ट्रिय नागरिक घोषणापत्र- २०८३’ सार्वजनिक गर्दै गत भदौ २३ र २४ गते भएका घटनाहरुको दोषीमाथि कारबाही तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक ...
। प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले पदभार ग्रहण गरेका छन् । बुधबार नियुक्त सचिवले बिहीबार पदभार ग्रहण गरेका हुन् । सभामुख डोल प्रसाद (डीपी) अर्यालले नवनियुक्त सचिव अधिकारीलाई शपथ ग्रहण गराए । शपथ ग्रहणपछि नवनियुक्त सचिव अधिकारीले पदभार ग्रहण गरेका हुन् । अधिकारी खाँदबारी नगरपालिका वडा नं. ३ संखुवासभाका हुन् । त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । ...
। स्वतन्त्र सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द थप गर्न सुझाव दिएका छन् । सरकारको पछिल्लो निर्णयप्रति खुसी व्यक्त गर्दै पुनले नीति तथा कार्यक्रममा अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । पुनले प्रस्तावित मन्त्रालयको नाम ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा ...