मुख्य समाचार
सरकारले १२ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै क्यासिनोहरुमा नेपाली नागरिकको प्रवेशमा कडाइ
सरकारले १२ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै क्यासिनोहरुमा नेपाली नागरिकको प्रवेशमा कडाइ

। सरकारले १२ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै क्यासिनोहरुमा नेपाली नागरिकको प्रवेशमा कडाइ गर्न भनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले बुधबार एक परिपत्र जारी गर्दै क्यासिनोहरूको सूक्ष्म निगरानी एवं स्थलगत अनुगमन गर्न भनेको हो ।

पछिल्लो समय केही क्यासिनोहरूले नेपाली नागरिकलाई प्रवेश गराई खेल खेलाएको र इजाजतपत्रमा उल्लेख भएबाहेकका अन्य अवैध खेलहरू समेत सञ्चालन गरिरहेको भन्ने गुनासो बढेपछि विभागले यो कदम चालेको स्पष्ट पारेको छ । यस विषयमा संघीय संसद्को प्रतिनिधिसभा बैठकमा समेत कुरा उठेको थियो ।

विभागका निर्देशक हिमाल गौतमद्वारा हस्ताक्षरित निर्देशनात्मक पत्र झापा, मोरङ, बारा, पर्सा, भक्तपुर, काठमाडौं, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयलाई पठाइएको छ ।

कानुनी प्रावधान के छ ?

पर्यटन ऐन, २०३५ तथा क्यासिनो नियमावली, २०८२ ले क्यासिनो सञ्चालनको व्यवस्था गरेको छ । साथै, क्यासिनो सञ्चालकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा नियमावली, २०८१ लगायतका कानुनको समेत पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ ।

उल्लिखित कानुनी प्रावधानअनुसार नेपाली नागरिकलाई क्यासिनो स्थलमा प्रवेश गर्न र क्यासिनो खेल खेल्न पूर्ण रूपमा निषेध गरिएको विभागले जनाएको छ ।

पर्यटन विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रचलित कानुनविपरीत नेपालीहरूको अवैध प्रवेशलगायतका कुनै पनि गतिविधि हुन नपाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । अनुगमनका क्रममा कानुनविपरीतका यस्ता गतिविधि भएको पाइएमा तत्काल कानुनबमोजिम कारबाही अगाडि बढाई विभागलाई जानकारी गराउनसमेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वतन्त्र सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको नाममा ‘अनुसन्धान’ शब्द थप गर्न सुझाव दिएका छन् । सरकारको पछिल्लो निर्णयप्रति खुसी व्यक्त गर्दै पुनले नीति तथा कार्यक्रममा अनुसन्धान र विकासका लागि पर्याप्त बजेटको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । पुनले प्रस्तावित मन्त्रालयको नाम ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा ...
। कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२३ किलोमिटर सडक कालोपत्र हुने भएको छ। १२३ किलोमिटर दुरी सडकको ट्र्याक निर्माण भएसँगै अब कालोपत्र सडक स्तरोन्नतिका लागि बहुवर्षीय ठेक्का सहमति भएको कर्णाली करिडोर बाजुराले जनाएको छ। खुलालुदेखि कोट १३ किलोमिटर, भुक्काखोलादेखि बाजुरा पिलुचौरसम्म १५ किलोमिटर र हुम्लाको तुम्चदेखि सल्लीसल्लासम्म १३ किलोमिटर सडक कालोपत्र गर्न ३ अर्ब १५ ...
। तत्कालीन दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको लिलामी उपकरणका कागजात प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको छ। लिलामीका उपकरण सकारेको एनसेललाई पत्र लेखेर सीआईबीले ती कागजात माग गरेको थियो । सोबमोजिम एनसेलले कागजात उपलब्ध गराएको स्रोतले जनाएको छ । ‘जिम्मेवार कर्पोरेट संस्थाको रूपमा एनसेलले सीआईबीबाट माग भएबमोजिमका लिलामी उपकरणका कागजात बुझाएको छ’ स्रोतले भन्यो ‘यसले प्रहरीको अनुसन्धानलाई ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री हुने बताए । संसद्लाई मर्यादित र व्यवस्थित बनाउने तथा कसरी ...
। फिफाले पहिलो पटक विश्वकप फाइनलमा हाफटाइम शो आयोजना गर्न लाग्दा उक्त कार्यक्रममा विश्वप्रसिद्ध कलाकारहरू शाकिरा, म्याडोना र केपप समूह बीटीएसले मुख्य प्रस्तुति दिने भएका छन् । आगामी जुन १२ देखि सुरु हुने फिफा विश्वकप फाइनल जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ । कार्यक्रमको क्युरेटर कोल्डप्लेका क्रिस मार्टिन हुनेछन् भने यो शो ग्लोबल सिटिजेन ...