: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्।
समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।