मुख्य समाचार
ट्रम्पको चीन भ्रमणको एउटा मुख्य उद्देश्य चीनको बढ्दो आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्नु रहेको
ट्रम्पको चीन भ्रमणको एउटा मुख्य उद्देश्य चीनको बढ्दो आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्नु रहेको

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको एउटा मुख्य उद्देश्य चीनको बढ्दो आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्नु रहेको छ । यस भ्रमणलाई हतियार कटौतीका विषयमा वार्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

हालैका वर्षहरूमा चीनले आफ्नो आणविक कार्यक्रमलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । सीएनएनको एक अनुसन्धानका अनुसार चीनले आणविक हतियार उत्पादन केन्द्रहरू निर्माण गर्न गाउँ नै खाली गराएर संरचनाहरू खडा गरिरहेको पाइएको छ । गत फेब्रुअरीमा अमेरिकाले चीनमाथि सन् २०२० मा गोप्य आणविक परीक्षण गरेको आरोप लगाएको थियो, जसलाई बेइजिङले अस्वीकार गर्दै आएको छ ।

चीनको यो विस्तारले अमेरिकी अधिकारीहरूलाई चिन्तित बनाएको छ भने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले नयाँ हतियार दौड सुरु हुन सक्ने खतरा औंल्याएका छन् । दशकौंपछि पहिलोपटक विश्वका ठूला आणविक शक्ति राष्ट्रहरू बीच हतियारको सीमा तोक्ने कुनै सन्धि वा प्रावधान नहुँदा त्रास अझ बढेको हो ।



राष्ट्रपति ट्रम्पले आफैं पनि रुस र चीनबाट उत्पन्न खतरालाई मध्यनजर गर्दै आणविक परीक्षण पुनः सुरु गर्ने चेतावनी दिए। अमेरिका र रुसबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि गत फेब्रुअरीमा समाप्त भइसकेको छ । अब ट्रम्प चीनलाई समेत समेटेर एक नयाँ र परिष्कृत सम्झौता गर्न चाहन्छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सन्धिको म्याद सकिनु एक दिनअघि भनेका थिए, '२१ औं शताब्दीमा वास्तविक हतियार नियन्त्रणका लागि चीनलाई समावेश नगर्नु असम्भव छ, किनभने उसको आणविक भण्डार अत्यन्तै तीव्र गतिमा बढिरहेको छ ।'

चीनले भने अमेरिकी र रुसी आणविक भण्डार आफ्नो तुलनामा कम्तीमा चार गुणा ठूलो रहेको तर्क गर्दै अमेरिकी दबाबको विरोध गरेको छ । चीनसँग हाल ६०० भन्दा बढी आणविक वारहेडहरू छन् ।

चिनियाँ विदेश मन्त्रालयले गत अप्रिलमा एक बयान जारी गर्दै आणविक धम्की र ब्ल्याकमेलिङको सामना गर्न, आणविक एकाधिकार तोड्न र युद्ध रोक्नका लागि मात्र रणनीतिक विकल्पका रूपमा हतियार विकास गरिएको स्पष्ट पारेको थियो । चीनले आफ्नो कार्यक्रम पूर्णतः आत्मरक्षाका लागि भएको दाबी गर्दै अमेरिकालाई रुससँगको पुरानै सन्धिलाई नवीकरण गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम