मुख्य समाचार
नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन
नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन

: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।

‘घरमा प्रयोगका लागि ल्याइने एक किलो काउली समात्ने प्रहरीले काउलीका काउली छोड्ला । त्यस्तो गर्ने प्रहरीको टिकट काटिन्छ, कारवाही हुन्छ’ कार्कीले भने ‘त्यसैले कारवाहीको भागेदार हुने काम नगर्नु । तस्करी नियन्त्रणमा जिम्मेवार भएर काम गर्नु ।’

कार्कीले तस्करी नियन्त्रणका लागि प्रहरी मात्र नभई समुदाय पनि जागरुक हुनुपर्ने बताए । उनले लागूऔषध समाजको मुख्य समस्याका रहेको बताएका छन् । लागूऔषध कारोबारमा संलग्न केही व्यक्तिका कारण सिंगो समाज पीडित हुन नहुने उल्लेख गर्दै कार्कीले ओसारपसार र बिक्रीमा संलग्नविरुद्ध निर्मम रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् ।

‘लागूऔषधले धेरैको घरपरिवार बिचल्ली पारेको छ । ऊर्जाशील युवाहरू यसैको कुलतमा फसिरहेका छन्’ कार्कीले भने, ‘यसलाई नियन्त्रण गर्नुको विकल्प छैन । यसविरुद्ध निर्मम भएर लाग्न जरुरी छ ।’ महानिरीक्षक कार्कीले प्रहरी कार्यालयमा सेवाका लागि आउने नागरिकलाई दुःख दिने भन्दा पनि छिटोछरितो सेवा प्रवाहमा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

न्याय प्रक्रियामा बिचौलिया र अनावश्यक व्यक्तिको हस्तक्षेप हुन नदिन निर्देशन दिँदै कार्कीले पीडितलाई न्याय दिन प्रहरी कर्मचारी आफै जिम्मेवार भएर लाग्न आग्रह गरे । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा र अधिकार संरक्षणलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गर्दै कार्कीले नयाँ सेवा केन्द्र संचालनपछि सेवाग्राहीले सहज, सुरक्षित र प्रभावकारी सेवा पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउनेसक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐनअनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ...
: प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो। प्रधानमन्त्री सचिवालयका अनुसार सरकारले ...
: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा आयोजित सो पक्षको बागमती प्रदेशस्तरीय भेलाले पार्टीको बृहत एकता, संगठनात्मक पुनर्जागरण, विधान संशोधन, आन्तरिक लोकतन्त्र र आगामी राजनीतिक दिशाका विषयमा गम्भीर छलफल गर्न शीघ्र पूर्ण महासमितिको बैठक आयोजना गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको कांग्रेस नेता डा ...
: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।
: सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । मलंगवा नगरपालिका– १० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका– २ निवासी करिब ४० वर्षीय राजकिशोर ...