— पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बुधबार लेन्सलाई २–० ले पराजित गर्दै फ्रान्सेली लिग वानको उपाधि जितेको छ । पीएसजी फ्रान्सेली लिग च्याम्पियन भएको यो लगातार पाँचौं पल्ट हो ।
खविचा क्वारत्सखेलियाले पीएसजीका लागि गोलको खाता खोलेपछि इब्राहिम एमबापेले दोस्रो गोल थपे । यससँगै पीएसजीले लिग तालिकामा नौ अंकको निर्णायक अग्रता लिएको छ । लिगमा अब एकै चरणको खेलमा मात्र बाँकी छ ।
लेन्स भने ६७ अंकमा दोस्रो स्थानमा छ र अब उसले पीएसजीलाई उछिन्न सक्ने छैन् । पीएसजीले फ्रान्सेली लिग उपाधि जितेको समग्रमा १४ पुगेको छ र यो कीर्तिमान रहेको छ । त्यसमध्ये १२ उपाधि पछिल्लो १४ सिजनमा हात परेको हो ।