— लिग च्याम्पियन इन्टर मिलानले बुधबार लाजियोलाई २–० ले पराजित गर्दै इटालियन कपको उपाधि जितेको छ र यससँगै घरेलु कप डबलको उपलब्धी हात पारेको छ । इन्टरले यसअघि इटालीको सिरी ए पनि जितेको थियो ।
रोममा भएको खेलमा एडम मरुसिचको आत्मघाती गोलमा अगाडि रहेको इन्टरका लागि लउटारो मार्टिनेजले एक गोल थपे । यो सिजन सबै खाले प्रतियोगितामा मार्टिनेजको यो २२ औं गोल हो ।
दुवै गोल पहिलो हाफमै सम्भव भएको थियो र यससँगै इन्टर सजिलै विजयी रह्यो । इन्टरले इटालियन कप जितेको यो दसौं पल्ट हो । लाजियोले भने पूरा खेल अवधिमा इन्टरसामु बलियो चुनौती पेस गर्न सकेन् ।