मुख्य समाचार
पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह
पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह

— कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

बागमती प्रदेशस्तरीय विशेष भेलालाई बुधबार सम्बोधन गर्दै नेता घिमिरेले संस्थापन पक्षले एकलौटी ढंगले अघि बढ्न खोजे आगामी निर्वाचनमा पार्टीले थप गम्भीर क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘पार्टीका सम्पूर्ण साथीहरूलाई समेटेर लैजाने दायित्व संस्थापन पक्षको हो, तर उहाँहरूको क्रियाकलापमा त्यो उदारता देखिएन । यदि सबैलाई समेट्ने प्रयास भएन भने आगामी स्थानीय र प्रदेश निर्वाचनमा गत फागुन २१ को परिणामभन्दा पनि खराब अवस्था आउन सक्छ । लगातार तीनवटा चुनाव हारिसकेपछि त्यस्तो असफल नेतृत्वको के अर्थ रहला ? नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक सोच्न आवश्यक छ ।’

नेता घिमिरेले आफूहरूको उद्देश्य पार्टी विभाजन नभई समग्र कांग्रेसलाई एकढिक्का बनाउनु रहेको प्रस्ट पारे । नेता घिमिरेले नेतृत्वले ‘पिक एण्ड चुज’ को नीति अपनाएर आफू अनुकूलका व्यक्तिहरूलाई मात्र केन्द्रीय समितिमा मनोनयन गरेको आरोप लगाए । पछिल्लो समय गरिएको १९ जनाको नियुक्तिले पार्टीमा सबैलाई समेट्ने संकेत नदेखाएको उनको तर्क छ ।

पार्टी एकताका लागि प्रस्ताव पेस गर्दै उनले विगतमा गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच गरेको एकताको मोडल अपनाउनुपर्नेमा जोड दिए । उनले वर्तमान केन्द्रीय समितिलाई ‘महाधिवेशन तयारी समिति’ मा रूपान्तरण गरी सबै पक्षको सम्मानजनक प्रतिनिधित्व गराउन सुझावसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ। सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन्। समितिको संयोजक तारामान गुरूङ रहेका छन्। सदस्यमा धना खतिवडा,रमेशप्रसाद धमला र बजरंग नेपाली चयन भएका छन्।
: नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन् । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै महानिरीक्षक कार्कीले घरायसी प्रयोजनका लागि ल्याइने सानो परिमाणको सामान समातेर ठूलो तस्करीमा संलग्नलाई छुट दिने ...
: सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ । मलंगवा नगरपालिका– १० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका– २ निवासी करिब ४० वर्षीय राजकिशोर ...
: नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पाण्डेलाई मंगलबार राति पक्राउ गरेको थियो। पक्राउ कानुनविपरीत भएको दाबी गर्दै उनकी श्रीमती ...
: काठमाडौं महानगरपालिकाले निजी विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । आज सूचना जारी गर्दै महानगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई जेठ १ गतेबाट १० गतेसम्म महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन आग्रह गरेको हो। महानगरले छात्रवृत्तिका लागि परीक्षा जेठ १७ ...