मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरिरहेका छन् ।

अल जजिराका अनुसार ग्रेट हल अफ द पिपलमा भइरहेको भेटवार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित छन् । रोचक कुरा के छ भने, चीनले उनलाई विदेशमन्त्री बन्नुअघि दुई पटक प्रतिबन्ध लगाएको थियो ।
बेइजिङमा अमेरिकी समकक्षीसँग हुने उच्चस्तरीय वार्ताअघि राष्ट्रपति सी जिनपिङले चीन र अमेरिका ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ हुनुपर्ने बताएका थिए ।

जवाफमा राष्ट्रपति ट्रम्पले सीलाई ‘महान नेता’ भन्दै दुई महाशक्तिबीचको सम्बन्ध पहिलाभन्दा अझ राम्रो हुने उल्लेख गरेका थिए ।

पहिलो कार्यकालमा ट्रम्प सन् २०१७ को नोभेम्बरमा बेइजिङ गएका थिए । त्यसपछि अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ब्रिक्स देशका विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आइपुगेका रूसी विदेशमन्त्री सर्गेई लाभरोभले भारत र रुसबीचको सम्बन्ध अटुट रहेको बताएका छन् । दुई देशबीचको दूरी बढ्नु असम्भव रहेको र यसको कल्पना समेत गर्न नसकिने उनको भनाइ छ । पत्रकारहरूसँगको कुराकानीमा विदेशमन्त्री लाभरोभले भारत र रुसको सम्बन्धलाई कुनै एउटा शब्दमा मात्र सीमित गर्न कठिन हुने उल्लेख गरे ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको एउटा मुख्य उद्देश्य चीनको बढ्दो आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्नु रहेको छ । यस भ्रमणलाई हतियार कटौतीका विषयमा वार्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । हालैका वर्षहरूमा चीनले आफ्नो आणविक कार्यक्रमलाई तीव्र रूपमा विस्तार गरिरहेको छ । सीएनएनको एक अनुसन्धानका अनुसार चीनले आणविक हतियार उत्पादन केन्द्रहरू निर्माण गर्न गाउँ ...
: भारतको एक चार सदस्यीय परिवार आफ्नै घरमा मृत फेला परेको लगभग तीन हप्ता बितिसक्दा पनि अनुसन्धानकर्ताहरूले वास्तवमा के हो भन्ने पत्ता लगाउन सकेका छैनन् । अब्दुल्लाह, उनकी पत्नी नसरीन र दुई छोरी आयशा तथा जैनब अप्रिल २५ मा मुम्बईको पायधोनी क्षेत्रमा रहेको घरमा मृत फेला परेका थिए । घटनाको समाचार सार्वजनिक भएपछि भारतीय सञ्चारमाध्यमहरूले ...
। आफ्नै सरकारका मन्त्री र पार्टीका सांसद राजीनामा माग्दै विपक्षमा उत्रिएपछि बेलायती प्रधानमन्त्री किएर स्टार्मर समस्यामा परेका छन् । मंगलबार मात्रै स्टार्मरको मन्त्रिपरिषद्का चार मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई पदबाट राजीनामा दिन माग गरेका छन् । उनीहरूले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका ...
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि उनकै पूर्व प्रेस सचिव युलिया मेन्डेलले कोकिन प्रयोग गर्ने गरेको र व्यक्तिगत लाभका लागि युद्ध लम्ब्याएको आरोप लगाएकी छन् । अमेरिकी पत्रकार टकर कार्लसनसँगको अन्तर्वार्तामा मेन्डेलले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जेलेन्स्कीले सन् २०२२ को इस्तानबुल शान्ति वार्तालाई कमजोर पारेर युद्ध जारी राख्ने रणनीति लिएको दाबी गरिन् । उनले जेलेन्स्की ब्रिफिङभन्दा अघि वेपत्ता हुने ...