मुख्य समाचार
स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिनमा पाँच जना प्रकाउ
स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिनमा पाँच जना प्रकाउ

। कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिनमा पाँच जना प्रकाउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अस्पतालको रकम हिनमिना गर्ने अस्पतालका मेसु सहित नेपाल बैंक लिमिटेडका कर्मचारीलाई प्रकाउ गरेको हो ।

आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटाको आर्थिक कारोबारमा अनियमितता भएको उजुरीपछि अनुसन्धान गर्दा सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबाट संकलित रकम हिनामिना गरिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा अस्पतालको आम्दानी बैंकमा जम्मा गर्दा १२९ वटा भौचरका आधारमा जम्मा भएको देखाइए पनि सो रकम बैंक खातामा जम्मा भएको थिएन । लेखा परीक्षणका क्रममा करिब ३८ लाख ९१ हजार ७७० रुपैयाँ बराबरको रकम बैंकमा जम्मा नभएको भेटिएपछि अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानपछि अस्पताल र बैंकसँग सम्बन्धित व्यक्तिहरूले नक्कली भौचर तयार गरी संगठित रूपमा रकम हिनामिना गरेको प्रहरीको निष्कर्ष छ । शिवराज नगरपालिका वडा ५ का अध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेल्बासेले ४ वैशाखमा जाहेरी दिएका थिए ।

पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणि भण्डारी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय डा. अमित पाण्डेय, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमलप्रसाद भण्डारी, अस्पतालका फार्मेसी सहायक ३७ वर्षीया रक्सना खातुन तथा बैंकका कर्मचारी ३५ वर्षीय विक्रम केसी छन् ।

उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए ।

पक्राउ परेकालाई थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालत बाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एक सातादेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आजदेखि सञ्चालनमा आएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा केही प्राविधिक समस्या देखिए पछि उक्त सेवा २१ वैशाखदेखि अवरुद्ध भएको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विज्ञप्ति जारी गर्दै परिचयपत्र सम्बन्धी सेवा सञ्चालनमा आएको जनाएको छ । एनआईडीएमआईएसमा आएको प्राविधिक समस्या हल गरिएसँगै सेवा सञ्चालनमा ...
। नेकपा एमालेका सांसद क्षितिज थेबेले प्रतिनिधिसभामा ताप्लेजुङ डायरी सुनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले ताप्लेजुङ डायरी प्रस्तुत गरेका हुन् । ताप्लेजुङ डायरी ताप्लेजुङका जनताप्रति हासिर्दन नमन तथा कृतज्ञता प्रकट गर्दछु । के गर्ने, के नगर्ने उकुसमुकुस भएको छु । हावाहुरीले स्कुलका छाना र घरहरू उडाएर लगेको छ । असिनाले बालीनाली सखाप, जनता आघात, जनता मारमा छन् । आजसम्म राहत छैन । यता हेर्‍यो ...
। सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारी पीडतहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् । सहकारी पीडितहरूले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न ...
। सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठ्का प्रश्नको जवाफ दिने दिन तोकेका छन् । ‘सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ ...
। अदालतमा पेश भएको निवेदन दर्ता नगरेको भन्दै नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ । नेपाल बार एसोसिएशनले बुधबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि सर्वोच्चमा पेश भएका निवेदनहरू दरपीठ गर्ने, त्यसविरुद्ध परेका निवेदनहरू दर्ता गर्न अस्वीकार गर्ने काम भएको भन्दै बारले प्रश्न उठाएको हो । सर्वोच्च अदालत प्रशासनले कतिपय निवेदनहरुमा दर्ता र दरपीठ दुवै ...