मुख्य समाचार
बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध
बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध

। प्रधानमन्त्री बालेन शाह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे जवाफ दिन तयार भएपछि प्रतिनिधिसभा बैठक अघि बढेको छ ।

बुधबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए ।

विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेर छलफल गरेका थिए ।

सो छलफलको क्रममा प्रधानमन्त्री जवाफ दिन आउने छलफल भएपछि बैठक अघि बढेको एमाले सांसद ऐन महरले जानकारी दिए । ‘हामीले प्रधानमन्त्रीज्यू बहसको प्रत्यूत्तर जवाफ दिन आउनेगरी हामीले आजको संसद् चल्न दिने जानकारी गराउन चाहन्छु,’ महरले भने ।

उनको जानकारीपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा प्रस्तुत गरे ।

यद्यपि सुरु भएको बैठक फेरि अवरोध भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति हुनैपर्ने जिकिर गरे ।

‘नीति तथा कार्यक्रमको सफलतामा त उहाँहरूको भविष्य छ । त्यसमा उपस्थिति भएर आफ्ना विचार राख्नका लागि के अप्ठेरो पर्‍यो ? कि क्रिपा गरेर रुलिङ हुुनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री शाहलाई सम्मान गरेर नै टेबल गर्न दिएको र छलफलमा प्रधानमन्त्री शाह उपस्थित हुुनपर्ने कांग्रेस सांसद आङ्देम्बेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी पीडितहरूले बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्यलय घेराउ गरेका हुन् । देउराली सहकारीसहित अन्य सहकारी पीडतहरूले सहकारीलाई समस्याग्रस्त घोषणा गरी आफूहरूको बचत फिर्ता दिलाउन माग गर्दै कार्यलयमा दबाब दिएका छन् । सहकारी पीडितहरूले बाग्मति प्रदेशमा रहेका १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न ...
। सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठ्का प्रश्नको जवाफ दिने दिन तोकेका छन् । ‘सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ ...
। कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिनमा पाँच जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अस्पतालको रकम हिनमिना गर्ने अस्पतालका मेसु सहित नेपाल बैंक लिमिटेडका कर्मचारीलाई प्रकाउ गरेको हो । आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटाको आर्थिक कारोबारमा अनियमितता भएको उजुरीपछि अनुसन्धान गर्दा सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबाट संकलित ...
। अदालतमा पेश भएको निवेदन दर्ता नगरेको भन्दै नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ । नेपाल बार एसोसिएशनले बुधबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि सर्वोच्चमा पेश भएका निवेदनहरू दरपीठ गर्ने, त्यसविरुद्ध परेका निवेदनहरू दर्ता गर्न अस्वीकार गर्ने काम भएको भन्दै बारले प्रश्न उठाएको हो । सर्वोच्च अदालत प्रशासनले कतिपय निवेदनहरुमा दर्ता र दरपीठ दुवै ...
। सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन् । ‘आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा छ । त्यसकारण आज ...