मुख्य समाचार
गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी
गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी

। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति गगनकुमार थापालाई लक्षित गर्दै कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न नपाइने टिप्पणी गरेका छन् ।

बागमती प्रदेशस्तरीय विशेष भेलालाई बुधबार सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् ।


नेता सिंहले पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूको फर्जी हस्ताक्षरमार्फत पार्टी कब्जा गर्न खोजेको आरोप पनि लगाए ।

उनले मुलुकमा लोकतन्त्र स्थापना र जनताको अधिकार स्थापना गर्न पार्टी र अग्रज नेताहरूले खेलेको भूमिका नभुल्न समेत नेता थापालाई आग्रह गरे ।

उनले पार्टीको विधि र विधानमा भएको व्यवस्था मिचेर पार्टीलाई कमजोर बनाउने कार्य टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिए ।

उनले भने, ‘हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यो पार्टीमा कुन मुद्दालाई प्राथमिकतामा राख्ने र कुन मुद्दा नराख्ने भन्ने विषयमा समेत डिबेट हुन्छ । तर यहाँ त कस्तो भइरहेको छ भनेदेखि कसैलाई नेतृत्व लिनका लागि हतार भयो भन्दैमा यस्तो हुँदैन ।’

उनले अगाडि भने, ‘अहिले पार्टीभित्र जुन प्रकारको विधि र प्रक्रिया अपनाउनुपर्ने हो, कांग्रेसको विधानअनुसार, नियमअनुसार गर्नुपर्नेमा त्यसको विधि मिचेर पार्टीलाई कमजोर बनाउने कार्य हामीले टुलुटुलु हेरेर बस्नुपर्ने ? अदालतले गर्‍यो होला, निर्वाचन आयोगले गर्‍यो होला । तर पार्टी र पार्टीमार्फत मुलुकको हितका लागि पार्टीका अग्रज नेताहरूले गरेको योगदानलाई उपेक्षा गर्न मिल्दैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठ्का प्रश्नको जवाफ दिने दिन तोकेका छन् । ‘सम्माननीय राष्ट्रपतिको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८३/०८४ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र सम्माननीय प्रधानमन्त्रीबाट जवाफ दिनका लागि समेत प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३८ को उपनियम १ बमोजिम २०८३ ...
। कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिनमा पाँच जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अस्पतालको रकम हिनमिना गर्ने अस्पतालका मेसु सहित नेपाल बैंक लिमिटेडका कर्मचारीलाई प्रकाउ गरेको हो । आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटाको आर्थिक कारोबारमा अनियमितता भएको उजुरीपछि अनुसन्धान गर्दा सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबाट संकलित ...
। अदालतमा पेश भएको निवेदन दर्ता नगरेको भन्दै नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ । नेपाल बार एसोसिएशनले बुधबार एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि सर्वोच्चमा पेश भएका निवेदनहरू दरपीठ गर्ने, त्यसविरुद्ध परेका निवेदनहरू दर्ता गर्न अस्वीकार गर्ने काम भएको भन्दै बारले प्रश्न उठाएको हो । सर्वोच्च अदालत प्रशासनले कतिपय निवेदनहरुमा दर्ता र दरपीठ दुवै ...
। प्रधानमन्त्री बालेन शाह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका सवालबारे जवाफ दिन तयार भएपछि प्रतिनिधिसभा बैठक अघि बढेको छ । बुधबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षीहरूले अवरोध गरेका थिए । विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेर छलफल गरेका थिए । सो छलफलको क्रममा प्रधानमन्त्री जवाफ दिन आउने छलफल भएपछि ...
। सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा विपक्षीको मागबमोजिम जवाफ दिन प्रधानमन्त्री बालेन शाह उपस्थित हुने नहुने विषयमा आज छलफल गर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल तय भएको जानकारी गराएका हुन् । ‘आजको सभा सकिएपछि सम्माननीय प्रधानमन्त्रीसँग संवाद गर्न कुरा छ । त्यसकारण आज ...