। प्रतिपक्षी दलका सांसदलाई बाँडिएको प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको भएको पाइएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको खुलाए ।
बरालले भने, ‘यहीँबाट प्रकाशित भएको होला । हामीले पल्टाएर हेर्दा प्रतिनिधिसभाको नियमावली २१९ खाली छ । ब्ल्यांक छ । यसखालको लापरबाही भयो । पुनः प्राप्त गर्ने प्रबन्ध होस् ।’
प्रतिनिधिसभाको नियमावली २१९ मा सांसदहरूले पालना गर्नुपर्ने आचार संहिता उल्लेख छ ।