मुख्य समाचार
फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा
फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा

। फिफा विश्वकप २०२६ मा डेब्यू गर्ने तयारीमा रहेको कुराकाओ टिमका प्रशिक्षक फ्रेड रुटेनले टिमबाट राजीनामा दिएका छन् ।
रुटेनले आफ्नो पद छाड्ने निर्णय गरेको कुराकाओ फुटबल फेडेरेसन (एफएफके) ले पुष्टी गरेको छ ।

प्रशिक्षक रुटेन र फेडेरेसनका अध्यक्षबीच भएको खुला तथा रचनात्मक छलफलपछि यो निर्णय लिइएको फेडेरेसनले जनाएको छ ।
कुराकाओको फुटबल, खेलाडीहरूको हित र राष्ट्रिय टोली वरपर शान्त वातावरण कायम राख्ने आवश्यकतालाई ध्यान दिँदै यो निर्णय गरिएको हो ।

‘खेलाडीहरू र प्राविधिक टोलीभित्र स्वस्थ व्यावसायिक सम्बन्धलाई क्षति पुर्‍याउने वातावरण सिर्जना हुनु हुँदैन । त्यसैले एक कदम पछाडि हट्नु बुद्धिमानी हुन्छ । साथै समय पनि कम छ र कुराकाओले अघि बढिरहनुपर्छ । परिस्थिति जसरी विकसित भयो त्यसप्रति मलाई दुःख लागेको छ, तर म सबैलाई सफलताको शुभकामना दिन्छु,’ फ्रेड रुटेनको भनाई उदृत गर्दै कुराकाओ फुटबल फेडेरेसनले उल्लेख गरेको छ ।

फेडेरेसनले प्रशिक्षक कुनै विवादको विषय नभएको पनि प्रष्ट पारेको छ ।
रुटेनले यस परिस्थितिमा असाधारण स्तरको व्यावसायिकता, जिम्मेवारीबोध र उत्कृष्ट चरित्र प्रदर्शन गरेको र कुराकाओ फुटबलप्रतिको आफ्नो प्रतिबद्धताका कारण उनले व्यक्तिगत हितभन्दा टोलीलाई प्राथमिकता दिएका पनि कुराकाओ फुटबल फेडेरेसनले जनाएको छ ।
साथै फेडेरेसनले यस्तो कठिन निर्णय लिने क्रममा रुटेनले देखाएको नेतृत्व, इमान्दारिता र राष्ट्रिय फुटबलप्रतिको सम्मानप्रति उच्च प्रशंसा व्यक्त गरेको छ ।

रुटेनले छाडेपछि कुराकाओलाई विश्वकपमा छनोट गराएर डच प्रशिक्षक डिक एडभोकाटले टिम सम्हाल्न सक्ने विभिन्न रिपोर्टले जनाएको छ । कुराकाओ फुटबल फेडेरेसनले पनि एडभोकाटसँग छलफल भएको र मुख्य प्रशिक्षक नियुक्तीको विषयमा कुरा भइरहेको जनाएको छ ।

एडभोकाटले आफ्नो छोरीको स्वास्थ्य स्थितीका कारण टिम छाडेपछि रुटेनले फेब्रुअरीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
रुटेनको प्रशिक्षणमा कुराकाओले मार्चमा खेलेको दुई वार्मअफ म्याचमा हारे बेहोरेको थियो ।

पहिलो पटक विश्वकपमा छनोट भएको कुराकाओले समूह चरणमा घाना, मोरोक्को र साउदी अरेबियासँग खेल्ने तालिका छ । कुराकाओ विश्वकपमा छनोट हुने सबैभन्दा सानो र कम जनसंख्या भएको राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम