मुख्य समाचार
कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको बताए
कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको बताए

। नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको बताएका छन् ।

आज भएको कांग्रेस इतर समूहको भेलालाई सम्बोधन गर्दै महतले १५औं महाधिवेशन निष्पक्ष, पारदर्शी बनाउन सम्मानजनक, स्वामित्व र सहभागिता हुनुपर्ने बताएका हुन् ।

‘नेताहरूको सल्लाह लिएर निचोड निकाल्नुपर्ने छ । लोकतान्त्रिक भविष्य के हुने भन्ने चिन्ता छ । कांग्रेस पुनर्जागरण हुनुपर्नेछ । पार्टी एकता कायम राख्न के कुरा गर्न आवश्यक छ भनेर यो छलफल भइरहेको छ,’ उनले भने, ‘माने मान नमाने नमान भनेर पार्टी एकता हुन सक्दैन । एकता लागि यसका लागि सहमतिको साझा संयन्त्र निर्माण हुनुपर्‍यो ।’

उनले उक्त संयन्त्रले वडादेखि माथिल्लो तहसम्म पार्टी एकता बनाउन भूमिका खेल्ने बताए । ‘पार्टी एकता कायम राख्न साझा सहमतिको संयन्त्र आवश्यक छ,’ उनले भने,’क्रियाशील सदस्य नवीकरण भइरहेको छ । तत्कालीन महामन्त्री गगन थापा नै संयोजक रहेको समितिले नवीकरण गरेको छ । फेरि गरिरहनुपर्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’

उनले अहिले विधान संशोधनका लागि भइरहेको कामकारबाही पनि गलत भएको बताए । ‘पार्टीको विधानलाई पूर्णबैठक या महाधिवेशनले टुंगो लगाउनुपर्‍यो । अहिले हचुवाको भरमा पार्टीको विधानलाई चलाउने काम भइरहेको छ,’ उनले भने,’विशेष महाधिवेशनबाट आएको नेतृत्व सम्पूर्ण अधिवेशनबाट आएको हैन नि । विशेषमा सबैको उपस्थिति छैन नि ।’

महतले हालै सभापति गनगकुमार थापाले केन्द्रीय समितिमा सदस्य मनोनित गरेको विषयमा पनि आपत्ति जनाए । ‘विचार समूहका नाममा आफूखुसीमा केन्द्रीय समितिमा राखियो सहमति भयो भनेर प्रचार गरियो । यसरी पार्टी एकता कायम हुँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिपक्षी दलका सांसदलाई बाँडिएको प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको भएको पाइएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले प्रतिनिधिसभा नियमावली २१९ खाली रहेको खुलाए । बरालले भने, ‘यहीँबाट प्रकाशित भएको होला । हामीले पल्टाएर हेर्दा प्रतिनिधिसभाको नियमावली २१९ खाली छ । ब्ल्यांक छ । यसखालको लापरबाही भयो । पुनः प्राप्त गर्ने प्रबन्ध ...
। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन मंगलबार प्रतिनिधि सभाको रोस्टममा उभिएका बादलले थापाले रास्वपाको उदय, जेनजी ...
। नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री उपस्थित भएर जवाफ नदिएसम्म कामकारबाही अघि नबढाउन आग्रह गरेको छ । बुधबारको बैठकमा प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएपछि एमालेका सांसद ऐन महरले प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसद्प्रति उत्तरदायी हुने भनिए प्रधानमन्त्री यसरी पन्छिने काम शोभनीय नभएको बताएका हुन् । ‘संसद्लाई सर्वोपरी देशको हितमा अगाडि बढाउनुपर्दछ । प्रधानमन्त्रीबाट पटकपटक संसद्को हुर्मत लिने ...
। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, समितिको संयोजकमा तारामान गुरुङ छन् । त्यस्तै, सदस्यहरूमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेका छन् ।
। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टकाे राजीनामा आएको पुष्टि गरे । सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकाे थियाे ।