मुख्य समाचार
एमालेले सत्तारुढ रास्वपाका दुई सांसदले बोलेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग
एमालेले सत्तारुढ रास्वपाका दुई सांसदले बोलेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग

। प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ रास्वपाका दुई सांसदले बोलेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् ।

एमाले प्रमुख सचेतक ऐन महरले बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदद्वय गणेश पराजुली र रमेश प्रसाईंले बोलेका शब्द रेकर्डबाट हटाउन माग गरेका हुन् ।

सांसद पराजुलीले बोलेको ‘भरौटे’ र सांसद प्रसाईंले बोलेको ‘नरसंहारकारी’ शब्द रेकर्डबाट हटाउन एमाले सांसद महरले माग गरेका हुन् ।

‘प्रतिनिधिसभाको नियमावलीको नियम २१ को घ र संविधानको धारा १०५ बमोजिम सत्तापक्षका माननीय गणेश पराजुलीले संसद्मा भरौटे शब्द प्रयोग गर्नुभएको छ,’ उनले भने, ‘उहाँले न्यायाधीशको विषयमा बोलेका शब्द र भरौटे शब्दलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गर्न चाहन्छु ।’

त्यस्तै, सांसद प्रसाईंले बोलेको शब्दबारे महरले भनेका छन्, ‘रमेश प्रसाईंले नरसंहारकारी जस्ता शब्दहरू प्रयोग गरेकाले संसद्बाट हटाउन ध्यानाकर्षण गराउन चाहन्छु ।’

एमाले सांसद रामबहादुर थापाले मंगलबार बोलेका तीन वटा शब्द भने रेकर्डबाट हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, समितिको संयोजकमा तारामान गुरुङ छन् । त्यस्तै, सदस्यहरूमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेका छन् ।
। नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पार्टी एकताका लागि हुनुपर्ने काम वर्तमान नेतृत्वबाट नभइरहेको बताएका छन् । आज भएको कांग्रेस इतर समूहको भेलालाई सम्बोधन गर्दै महतले १५औं महाधिवेशन निष्पक्ष, पारदर्शी बनाउन सम्मानजनक, स्वामित्व र सहभागिता हुनुपर्ने बताएका हुन् । ‘नेताहरूको सल्लाह लिएर निचोड निकाल्नुपर्ने छ । लोकतान्त्रिक भविष्य के हुने भन्ने चिन्ता छ । कांग्रेस पुनर्जागरण ...
। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भट्टकाे राजीनामा आएको पुष्टि गरे । सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकाे थियाे ।
। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । आयोगद्वारा गठित सिफारिस समितिले बुधबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । समितिले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५ को उपदफा १ को खण्ड (घ) बमोजिम अयोगको उपाध्यक्ष पदमा नियुक्ती प्रक्रिया अघि बढाएको हो । ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ...
। आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–३ का ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई पक्राउ गरेको हो । आफ्नै छोरीको कक्षा ११ र १२ उतीर्ण ...