मुख्य समाचार
सगरमाथा चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न
सगरमाथा चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न

। सगरमाथा चुचुरोसम्म बाटो बनाउने काम सम्पन्न भएको छ । यससँगै जारी वसन्त ऋतुमा हुने सगरमाथा आरोहण खुला भएको छ ।

पर्यटन विभागका अनुसार सगरमाथा, ल्होत्से र नुप्से हिमशिखरको आरोहण मार्गमा पर्ने खुम्बु आइसफलको मार्ग सम्बन्धी व्यवस्थापकीय कामको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समिति र सो भन्दा माथि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण सञ्चालक संघ नेपाललाई दिइएको थियो ।

सोही अनुसार परिचालित जनशक्तिले आज बिहान १०ः२५ मा सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने काम सफल गरेको छ । यससँगै आरोहण समेत अब खुला भएको छ ।

को को खटिएका थिए बाटो बनाउने काममा ?

आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो बनाउने काममा आइसफल डाक्टरहरू खटिएका थिए । जसमा आङ सार्की शेर्पा, दावा जङ्वु शेर्पा, टेन्दु शेर्पा, निग्मा तेन्जी शेर्पा, फुर्वा छेतेन शेर्पा, दावा छिरी शेर्पा, सोनाम गेल्जेन शेर्पा, मिग्मा गेल्जेन शेर्पा छन् ।

क्याम्प २ देखि चुचुरोसम्म पथ प्रदर्शकको टोलीले डोरी टाँगेको थियो । डोरी टाँग्न खटिनेमा मिग्मा दोर्ची शेर्पा, पासाङ टाशी शेर्पा, लोप्साङ भूटिया, मिङ नोर्वु शेर्पा, छोम्बा तेन्जी शेर्पा, गुरु भोटे, पाम दोर्जी शेर्पा, मिङ्मा टेम्बा शेर्पा, देन्डी शेर्पा र पासाङ नोर्बु शेर्पा रहेका छन् ।

बाटो खुलेसँगै आरोहीहरू समेत अब माथिल्लो शिविर जाने क्रम सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ रास्वपाका दुई सांसदले बोलेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् । एमाले प्रमुख सचेतक ऐन महरले बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदद्वय गणेश पराजुली र रमेश प्रसाईंले बोलेका शब्द रेकर्डबाट हटाउन माग गरेका हुन् । सांसद पराजुलीले बोलेको ‘भरौटे’ र सांसद प्रसाईंले बोलेको ‘नरसंहारकारी’ शब्द रेकर्डबाट हटाउन एमाले सांसद महरले माग ...
। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । आयोगद्वारा गठित सिफारिस समितिले बुधबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो । समितिले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५ को उपदफा १ को खण्ड (घ) बमोजिम अयोगको उपाध्यक्ष पदमा नियुक्ती प्रक्रिया अघि बढाएको हो । ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ...
। आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–३ का ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई पक्राउ गरेको हो । आफ्नै छोरीको कक्षा ११ र १२ उतीर्ण ...
। नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ ।’ यसले किसान, श्रमिक, उद्योगी र देशकै अर्थतन्त्रमा प्रभाव पारेको भन्दै उनले थपेका छन्, ‘भारत सरकारसँग कुटनीतिक पहल गरियोस् । चिया निर्यातको अवरोध समाधान गरियोस् ।’ नेपालमा चिया उत्पादनको ...
। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्न चाहनेले सदन सुरु हुनु अगावै सभामुखलाई सूचना दिनुपर्ने भएको छ । यसबारे सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाकै बैठकमा जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय सकेर सभामुख शून्य समयमा प्रवेश गर्न खोज्दै थिए । एक जना सांसदले उठेर बोल्म समय मागे । सभामुखले आकस्मिक समयमा बोल्न खोजेको हो भनेर सोधे ...