। प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्न चाहनेले सदन सुरु हुनु अगावै सभामुखलाई सूचना दिनुपर्ने भएको छ ।
यसबारे सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाकै बैठकमा जानकारी गराएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय सकेर सभामुख शून्य समयमा प्रवेश गर्न खोज्दै थिए । एक जना सांसदले उठेर बोल्म समय मागे । सभामुखले आकस्मिक समयमा बोल्न खोजेको हो भनेर सोधे । सांसदले हो भने पनि सभामुखले यस्तो बताएका हुन् ।
‘हजुरले आमस्मिक समयमा लागि सूचना गर्नुभएको छैन । यसकारणले आज बस्नुस् । यदि हजुरलाई आकस्मिक समय चाहिने हो भने सदन सुरु हुनु अगावै आकस्मिक समय लिनको लागि कार्यव्यवस्थामा आइदिनुहोला । म आकस्मिक समय उपलब्ध गराउँछु,’ उनले भने ।