मुख्य समाचार
वेपत्ता महिला मृत अवस्थामा फेला
वेपत्ता महिला मृत अवस्थामा फेला

। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५ स्थित वनरझुला गाउँका घरबाट हराइरहेकी महिला मृत भेटिएकी छन् ।

स्थानीय छोटु भनिने वीरेन्द्र रायकी पत्नी अनितादेवी राय सोही वडाको नौ किलोमिटर भन्ने ठाउँमा बुधबार मृत भेटिएकी हुन् । अनिताका पति वीरेन्द्र भने वैदेशिक रोजगारीमा छन् ।

कोशी नदी छेउमा अनिताको शव सडेगलेको अवस्थामा फेला परेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । उनका अनुसार शवको हात र खुट्टा बाँधिएको अवस्थामा देखिएको छ । शवको प्रकृति हेर्दा ढुंगा प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अनिता अघिल्लो बुधबार रातिदेखि घरबाट हराइरहेकी थिइन् । त्यो दिन छिमेकमा विवाह भएकाले गाउँका सबैजसो मानिस जन्तीमा रमाइरहेका थिए । अनिता भने त्यो दिन घरमा एक्लै बसेको परिवारले बताएको छ ।

सोही दिन रातिदेखि उनी सम्पर्कविहीन भएकी थिइन् । उनको घरको आँगनमा रगत देखिएको प्रहरीले जनाएको छ ।

मृतक अनिताका दुई छोरी छन् । जेठी छोरी सपनाको विवाह भइसकेको छ भने, कान्छी छोरी १३ वर्षको रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरका अनुसार झापा क्षेत्र नम्बर २ अर्जुनधाराका दिनेश पराजुली हात्तीको आक्रमणबाट घाइते भएका छन् । पराजुली अस्पतालमा उपपचारत रहेको उल्लेख गर्दै उनले झापा मात्रै नभएर तराइका बिभिन्न भेगहरूमा हात्तीको आक्रमणले गर्दा मानिसहरू आतंकित भइरहेको बताइन् । बुधबार प्रतिनिधिसभामा आकस्म्कि वसमयमा लिएर बोल्दै उनले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्नुपर्ने भन्दै ...
। न्यायाधीशहरूबारे राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको टिप्पणीमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सर्वोच्च अदालतको न्यायाधीश भएर ‘व्यापारिक घरानाका कार्यक्रममा जाने, दुई तिहाइको सरकारलाई ललकार्ने ?’ भन्दै प्रश्न गरेका थिए । त्यसपछि बुधबार कांग्रेसका सचेतक निश्कल राईले आपत्ति जनाएका हुन् । उनका अनुसार, संविधानमा न्यायाधीशहरूको विषयमा संसद्‌मा बहस ...
। प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधि सभा बैठकमा बोलाउन नेपाली कांग्रेसले माग गरेको छ । प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर कांग्रेस सांसद निश्कल राईले सभामुखको रुलिङ मागेका हुन् । ‘हजुर हाम्रो नायक पनि हो । तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन,’ राईले भने, ‘त्यसैले सभामुख मार्फत तत्काल ...
। प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा अधिकारीलाई नियुक्त गरेका छन् । संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा विधान संशोधन समिति गठन गरेको छ । आचार्य नेतृत्वको पाँच सदस्यीय समितिमा नेताहरु गणेश पराजुली, प्रकाशचन्द्र परियार, डा.चन्दा कार्की र सुशान्त वैदिक सदस्य छन् । रास्वपाले असार ७ देखि ९ गतेसम्म प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ । चितवनमा हुने प्रथम महाधिवेशनका लागि सभापति रवि लामिछानेको नेतृत्वमा मूल ...