मुख्य समाचार
सांसद महावीर पुनले संसद्‍मा बोल्न ५ मिनेट दिइएकोमा असन्तुष्टि
सांसद महावीर पुनले संसद्‍मा बोल्न ५ मिनेट दिइएकोमा असन्तुष्टि

। स्वतन्त्र सांसद महावीर पुनले संसद्‍मा बोल्न ५ मिनेट दिइएकोमा असन्तुष्टि जनाएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले उनलाई आज ५ मिनेटको समय दिएका थिए । त्यसपछि रोस्टमबाट सांसद पुनले भने, ‘म एक्लो माननीय भनेर हेला नगरियोस् । अरूले १०, १५, २०, ३० मिनेट पाउँदा मलाई ५ मिनेट नदिइयोस् ।’

पार्टीका सांसदभन्दा आफ्नो समर्थक धेरै रहेको उनले सभामुखलाई स्मरण गराए ।

‘मेरो समर्थन धेरै छन् नेपालमा । म एक्लो छैन । सारा नेपालीले चिन्छन् । ५ मिनेट स्वीकार्य छैन,’ उनले भने ।

त्यसपछि उनले आफू मन्त्री भएको बेला ल्याउन लागेको अध्यादेश अहिलेको सरकारले पनि नल्याएको बताए ।

‘तीन वटा अध्यादेश ल्याउन खोजेको थिएँ । त्यतिबेल गर्न खोजेको, सकिएन,’ उनले भने, ‘सरकारले ८ वटा अध्यादेश ल्यायो तर मैले ल्याउन खोजेको आएको छैन ।’

विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउने अध्यादेश ल्याउन लागेको तर अहिलेको अध्यादेशमा त्यो विषय नआएको उनले बताए ।

‘विश्वविद्यालय राजनीति मुक्त गर्ने भनेको छ । तर अहिले पनि कुलपति प्रधानमन्त्री हुने व्यवस्था छ नि,’ उनले भने ।

उनले विज्ञान प्रविधिको विकास गर्न विज्ञान प्रविधि मन्त्रालय छुट्टै बनाउन पनि उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशी नागरिक अनुगमन प्रणाली लागु भएको ५ महिनामा सवा १ लाख विदेशी पर्यटक अध्यागमन विभागको ट्र्याकिङमा आएका छन् । हालसम्म होटल, एजेन्सी, आन्तरिक वायुसेवा कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने १ हजार ५ सय ४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएको विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । तीमध्ये ९४ वटा होटलमात्र यस ...
। प्रतिनिधिसभामा नेपाल सरकार र भारत सरकारबीच भएको फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता पेस भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गरेकी हुन् । सम्झौता संसद्‌मा पेस गर्दै मन्त्री गौतमले यो सम्झौतापछि भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सहज हुने बताइन् । अपराधीलाई सजाय ...
। नेपाली कांग्रेसका संस्थापनइतर समूहले विराटनगरमा भेला आयोजना गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पूर्व सूचना, सञ्चार तथा प्रचार विभाग संयोजक मीन विश्वकर्माको अगुवाइमा मंगलबार कोशी प्रदेशस्तरीय भेला भएको हो । निवर्तमान सभापति शेरबहादुर देउवानिकट समूहले पार्टीलाई एकताबद्ध बनाउन सुझाव संकलन गर्न भन्दै यो भेलाको आयोजना गरेका हुन् । जसमा डा. शेखर कोइराला समूहका ...
। नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले आफूहरू १५औँ महाधिवेशनको तयारीमा जुटिसकेको बताएका छन् । जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विशेष महाधिवेशनलाई आफूहरूले नमान्ने स्पष्ट पार्दै अब साझा एकताका लागि १४औँ महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधर कार्यसमितिलाई संयुक्त गर्नुपर्ने बताए । संयुक्त कार्यसमितिको आयोजनामा १५औँ महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित आवश्यक निर्णयहरू गर्नुपर्ने उनको भनाइ थियो ...
। नेपालमा असारे विकास प्रवृत्ति रोक्ने नीति वर्तमान सरकारले सार्वजनिक गरेको छ । सडकका विकासे अड्डा भने धमाधम मनसुन सुरु भएपछि पहिरो रोकथाम गर्न भन्दै नयाँ ठेक्का आह्वान गरिरहेका छन् । सडक डिभिजन भरतपुरले एक साता अन्तरमा नारायणघाट–मुग्लिन सडकका दुई ठूला पहिरो रोकथामका लागि बोलपत्र आह्वान गरेको छ । गत शुक्रबार सडक डिभिजन भरतपुरले तुइन खोला तथा ...