मुख्य समाचार
प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन नगरेको विषयमा प्रश्न
प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन नगरेको विषयमा प्रश्न

। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन नगरेको विषयमा प्रश्न गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा प्रधानमन्त्री भए नभएको जानकारी पनि माग गरे ।

‘यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?,’ उनले भने, ‘सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो ।’

उनले प्रश्नको उत्तर दिन नसक्ने प्रधानमन्त्री असक्षम ठहरिने पनि टिप्पणी गरे ।


‘प्रश्नको जवाफ नदिनु भनेको असक्षमता हो । के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त ?,’ उनले उनले भने, ‘जनता सरकारसँग डराएर बाँच्नु परेको छ । जनताको जीउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न सक्ने अनि यो सरकार कसरी सफल सरकार भन्न सकिन्छ ?’

उनले भारतले सीमा क्षेत्रमा निर्माणको काम गरिरहेको विषयमा पनि सरकारलाई प्रश्न गरे ।

‘सीमावर्ती क्षेत्रमा छिमेकी सरकारले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरेको हो वा आपूखुसी गरिरहेको हो ?,’ उनले भने, ‘उदाहरण महाकालीको तटमा पारिपट्टी भइरहेको निर्माणलाई देख्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० लाख रुपैयाँ घुस/रिसवत प्रकरणमा विशेष अदालत काठमाडौंमा मंगलबार आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार वादी नेपाल सरकार र प्रतिवादी चन्द्र बहादुर अधिकारीसमेत रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी गोरखा बारपाक सुलिकोट गाउँपालिका ७ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनीले अदालतमा दिएको बकपत्र ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) वकिल अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । कमला ढल्केबर बागमती सडक निर्माण खण्डमा माटो तथा ‘ग्राभेल फिलिङ’ कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने तथा ‘फिल्ड’मा माटो झार्न नदिई सेवाग्राहीसँग रु ४० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरू आफ्नो मूल जिम्मेवारीप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आज पनि यहाँ आधा जति कुर्सीहरू खाली छन्’ उनले भने, ‘यो सदन आउन मन लाग्दा आउने, आउन मन नलाग्दा नआएपनि हुने हो वा के हो ? यो विषयमा सभामुखज्यूले बिचार गर्नुहोला ।’
। नेपाल प्रहरीको ‘साइबर ब्युरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्न पत्रसँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सुविधानगर बस्ने ३७ वर्षीय निराजन शाही तथा धादिङ्को नीलकण्ठ नगरपालिका–३ घर भई हाल काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने ...
। कैलालीको लम्कीचुहा अस्पताल सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले खटाएका कर्मचारीलाई कामकाज गर्न अवरोध गरिएको छ । १५ शय्याको अस्पताललाई प्रदेशले प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालन गर्न कर्मचारी खटाएको थियो । सोमबार निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादव सहितका कर्मचारी लम्कीचुहा अस्पताल पुगेका थिए । तर, ...