मुख्य समाचार
एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे गरेको टिप्पणीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति
एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे गरेको टिप्पणीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति

। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे गरेको टिप्पणीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आपत्ति जनाएको छ ।

मंगलबार पार्टीको तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता बादलले सेनाको भूमिकामाथि टिप्पणी गरेका थिए । यसप्रति राप्रपाकी सांसद खुस्बु ओलीले नियमापत्ति गरेकी हुन् ।

‘नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन । राष्ट्रिय मनोबलमाथिको प्रहार हो । यो उहाँबाट निरन्तर भइरहेको छ त्यसमा म खेदल प्रकट गर्न चाहन्छु’, उनले भनिन् ।

यस्तो अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन पनि उनको माग छ ।

त्यसअघि, रास्वपाका सांसद मनिष खनालले पनि रास्वपाबारेको टिप्पणीमा आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री फेर्नेबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न पुगेका छन् । मंगलबार साँझ शर्मा सहमहामन्त्री उदयशमशेर राणालाई लिएर ओली भेट्न भक्तपुरको गुण्डु पुगेका हुन् । छलफल अन्य प्रदेशको विषयमा पनि नेताहरूबीच समीक्षा र फेरबदलको विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन् । कांग्रेस र एमालेबीच आलोपालो प्रदेश सरकार ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितका उच्च पदस्थलाई ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न भएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको हो । प्रहरीले काभ्रेको तेमाल–१ घर भएका प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ का ताराप्रसाद खरेलविरुद्ध मुद्दा दर्ता ...
। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले अध्यादेश मार्फत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको पदाधिकारी र परिषद सदस्यहरू पदमुक्त गरिएकोप्रति असहमति जनाएको छ । नेफिनले पदमुक्त गरिएका परिषद् सदस्यहरूको पुनर्बहालीको माग राखेको छ । राजनीतिक नियुक्ति नभएर सम्बन्धित जातिगत संस्थाको सामूहिक निर्णयबाट सिफारिस भएर नियुक्त भएका परिषद सदस्यहरू पदमुक्त गरिन नहुने नेफिनको अडान छ । पदमुक्त गरिएका ...
। सत्तारुढ दल रास्वपाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको पछिल्लो अभिव्यक्तिप्रति प्रतिनिधिसभाको बैठकबाटै आपत्ति जनाएको छ । सोमबारको प्रतिनिधिसभ बैठकमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले मल्लले कानुन दिवसको अवसरमा वर्तमान प्रधानमन्त्री र रास्वपाप्रतिलक्षित गरेर दिएको टिप्पणीप्रति आपत्ति जनाएका हुन् । उनले न्यायलय दूषित बनाउने काम दलहरूले गरेको भन्दै भने, ‘न्यायलय दूषित बनाउनका लागि दलको ...
। तनहुँको देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्णस्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडले सुरुङ निर्माणका लागि आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालि काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ । विसं २०८० फागुन ७ गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका ...