मुख्य समाचार
राष्ट्रिय मानव अधिकार आयोगले अनलाइन सञ्चारमाध्यमहरूको प्रभावकारी नियमन गर्न सरकारलाई निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले अनलाइन सञ्चारमाध्यमहरूको प्रभावकारी नियमन गर्न सरकारलाई निर्देशन

। राष्ट्रिय मानव अधिकार आयोगले अनलाइन सञ्चारमाध्यमहरूको प्रभावकारी नियमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

गत शुक्रबार सरकारलाई मानव अधिकार संरक्षणका लागि केही निर्देशनहरू पठाएको उल्लेख गर्दै आयोगले त्यसमा अनलाइन सञ्चारमाध्यमहरूको नियमनलाई प्राथमिकता दिएको हो ।


आयोगले गलत र भ्रमपूर्ण सूचना अनि मिथ्या समाचारका कारण नकारात्मक असर पर्नसक्ने भन्दै त्यसलाई रोक्न र अभिव्यक्ति स्वतन्त्रतामा असर नपर्ने गरी कानुनी प्रबन्ध गर्न भनेको हो ।

आयोगले सामाजिक सञ्जालहरूको दर्ता, अभिलेखीकरण र प्रभावकारी नियमनका लागि कानुनी प्रबन्ध गर्न भनेको हो ।

गम्भिर मानवअधिकार उल्लंघनका दुई अनुसन्धानहरू अलपत्र परेको पृष्ठभूमिमा आयोगले त्यो भन्दा कम प्राथमिकताका विषयवस्तु समेटेर सरकारलाई सुझाव दिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले गतवर्ष चैतमा तिनकुनेमा राजावादीहरूको कार्यक्रममा भएको हिंसात्मक घटना र गत भदौमा जेनजी आन्दोलनमा भएको दमनका बारेमा अनुसन्धान गरेको थियो ।

अनुसन्धान टोलीले प्रतिवेदन बुझाएपछि आयोगले त्यसबारे कुनै निर्णय गरेको छैन । महत्वपूर्ण विषय थाती राखेर आयोगले सञ्चारमाध्यमहरूको नियमन, मौलिक हक कार्यान्वयनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले नेपालको संविधानमा उल्लेखित मौलिक हकहरू कार्यान्वयन नभएको भन्दै सरकारलाई मौलिक हक कार्यान्वयनमा ध्यानाकर्षण गराएको हो ।

आयोगले संविधानको धारा १८ मा उल्लेखित सिमान्तकृत समुदायको स्पष्ट कानुनी परिभाषा गर्न भनेको छ । संविधान अनुकुल हुनेगरी निशुल्क शिक्षाको व्यवस्था गर्न भनेको छ, अनि सामुदायिक र निजी शैक्षिक संस्थाबीच समान शैक्षिक गुणस्तरको व्यवस्था गर्न भनेको छ ।

मानव अधिकार आयोगले आवासविहीन दलितलाई आवासको व्यवस्था गर्न, रोजगारीको हक कार्यान्वयनका लागि रोजगारी सिर्जना गर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको आन्दोलनमा रुपन्देही जिल्लामा क्रियाशील १२ राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी सहितका १२ दलले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । ती दलका नेताहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको ...
। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरि रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको छ । मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै विशेषगरी पश्चिम एसियामा जारी द्वन्द्वका कारण सम्झौता भइसकेको करिब १ लाख ८५ हजार टन मल आपूर्तिमा समस्या परेको जानकारी दिएको हो । अगामी वर्षे ...
। विभिन्न योजनाका ‘चिठी बेचेको’ विषयलाई लिएर मधेशको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी र रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादवबीच विवाद भएको छ । मन्त्री तिवारीकै कार्यकक्षमा सोमबार दुईजनाबीच विवाद भएको हो । बिचौलियाले चिठीका लागि फोन गर्ने गरेको विषयमा गुनासो गर्न जाँदा विवाद भएको मेयर यादवले बताए । मेयर यादवका अनुसार बौधीमाई नगरपालिका वडा नम्बर ...
। वैदेशिक रोजगारीमा विदेश जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरेर रकम असुल गरिएको विषयको अध्ययन प्रतिवेदन र मिसिल नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गायब भएको छ । स्वास्थ्य परीक्षणको सिन्डिकेटबारे छानबिन गरेर कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन र त्यससम्बन्धी मिसिल पटक–पटक माग गर्दा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाउन सकेको छैन । मन्त्रालयका ...
। प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिँदैछन् । जवाफ दिइसकेपछि आजै नीति तथा कार्यक्रम पास गर्ने तयारी छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए । त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री बालेन ...