मुख्य समाचार
सप्तरीको राजविराजमा संयुक्त बजार अनुगमन समितिले मासु पसलहरुबाट खान अयोग्य मासु फेला
सप्तरीको राजविराजमा संयुक्त बजार अनुगमन समितिले मासु पसलहरुबाट खान अयोग्य मासु फेला

। सप्तरीको राजविराजमा संयुक्त बजार अनुगमन समितिले मासु पसलहरुबाट खान अयोग्य मासु फेला पारेको छ । त्यस्ता मासु बिक्री गर्ने पसलेको सटरमा तालाबन्दी गरिएको छ ।

राजविराज नगरपालिका वडा नम्बर–३ मा एक वर्षदेखि सन्चालनमा रहेको मोहम्मद कादिर, मोहम्मद मस्तकिमको समेत ३ वटा दर्ता नरहेको मासु पसलबाट अनुगमन टोलीले खान अयोग्य मासु बरामद गरी सटरमा ताल्चा लगाएको हो ।

राजविराज नगरपालिकाको पशुपंक्षी विकास शाखाको विज्ञ पशु चिकित्सक सन्नी कुमार दासका अनुसार खान अयोग्य ६ किलो बासी मासु नष्ट गरिएको छ ।

यसैगरी राजविराज नगरपालिका पशुपंक्षी विकास शाखाद्वारा संचालित हटियास्थित सावित्री खसी मासु पसलमा १० किलो बढी कुहिएको मासु भेटिएको छ । त्यसलाई नष्ट गरिएको छ ।

संयुक्त बजार अनुगमन समितिले मंगलबार मासु पसल तथा होटलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय पसलमा कुहिएको मासु फेला परेको र कतिपयमा निर्धारितभन्दा बढी मूल्यमा बिक्री गरिरहेको पाइएको छ ।

त्यसैगरी राजबिराजमा नाम चलेका तथा ठूलो परिमाणमा मासु सप्लाई गर्ने विजय फ्रेस हाउसमा मूल्य सूची नरहेको पाइएको छ ।

अनुगमनका क्रममा राजबिराज अति व्यस्त होटल यमी स्वीट्समा ब्रेड बनाउन मुछिएर राखिएको २ किलो जति मैदा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिए ।

यसको अलाबा यमी स्वीट्सको भान्सा एवम् तयारी मिठाई, ब्रेड भण्डार कक्षमा सरसफाइमा कमी, खाने कुरा बनाउने प्रशोधन कक्ष खुल्ला ठाउँमै राखिएको अवस्थामा रहेकाले त्यसलाई पूर्णरूपमा बन्द गरेर आगामी दिनमा सुरक्षित रुपमा खाने कुरा उत्पादन गर्न सञ्चालकलाई निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपाका अध्यक्ष प्रचण्डले एकल सरकार बनाएको रास्वपालाई आफ्नो विगतबारे जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गरेका हुन् । ‘०६४सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ,’ उनले भने, ‘करिब तपाईंहरूकै साइजमा ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सिफारिसप्रति जनताले प्रश्न उठाएको भन्दै यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पर्याप्त समझदारी र गृहकार्य नगरी सिफारिस भएको बताए । ‘आज प्रधानन्यायाधीश सिफारिस गर्दा विधि, प्रक्रिया, वरिष्ठता र योग्यतालाई भन्दा आफ्नो स्वार्थको महत्व दिइयो ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए । यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए । तर असार ७, ८ र ...
: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको ...
: सुनसरी प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । सुनसरी जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय सुनसरीको फैसलाअनुसार कैद तथा जरिवाना भुक्तान गर्न ...