मुख्य समाचार
प्रधानन्यायाधीश सिफारिसप्रति जनताले प्रश्न उठाएको भन्दै यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने
प्रधानन्यायाधीश सिफारिसप्रति जनताले प्रश्न उठाएको भन्दै यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सिफारिसप्रति जनताले प्रश्न उठाएको भन्दै यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पर्याप्त समझदारी र गृहकार्य नगरी सिफारिस भएको बताए ।


‘आज प्रधानन्यायाधीश सिफारिस गर्दा विधि, प्रक्रिया, वरिष्ठता र योग्यतालाई भन्दा आफ्नो स्वार्थको महत्व दिइयो भन्ने संवेदनशील प्रश्न जनताको मनमा उठेको छ,’ प्रचण्डले भने, ‘पर्याप्त समझदारी र गृहकार्य नगरी गरिएको यो विषयमा सरकारले आफ्नो धारणा जनताको बीचमा राख्न सक्नुपर्छ ।’

आफ्नो यो विषयलाई एउटा गम्भी सुझावको रुपमा लिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिमा भएको मनोनयनले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको बताएका छन् । सभापति गनग थापाले सोमबार गरेको १९ जना केन्द्रीय सदस्यको मनोनयनबारे धारणा सार्वजनिक गर्दै उनले बिना कुनै परामर्श मनोनीत गरिएको बताएका छन् । ‘वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमतिको मनोनयन सम्बन्धमा मसँग कुनै छलफल परामर्श भएको ...
। नेकपाका अध्यक्ष प्रचण्डले एकल सरकार बनाएको रास्वपालाई आफ्नो विगतबारे जानकारी गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले ०६४ सालको चुनावमा अहिले रास्वपाले पाएजस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गरेका हुन् । ‘०६४सालमा तपाईंहरूजस्तै धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको नेता म हुँ । हारभन्दा जित सहन गाह्रो हुन्छ,’ उनले भने, ‘करिब तपाईंहरूकै साइजमा ...
। सप्तरीको राजविराजमा संयुक्त बजार अनुगमन समितिले मासु पसलहरुबाट खान अयोग्य मासु फेला पारेको छ । त्यस्ता मासु बिक्री गर्ने पसलेको सटरमा तालाबन्दी गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर–३ मा एक वर्षदेखि सन्चालनमा रहेको मोहम्मद कादिर, मोहम्मद मस्तकिमको समेत ३ वटा दर्ता नरहेको मासु पसलबाट अनुगमन टोलीले खान अयोग्य मासु बरामद गरी सटरमा ताल्चा ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए । यसअघि सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते गर्ने प्रस्ताव गरेका थिए । तर असार ७, ८ र ...
: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको ...