मुख्य समाचार
संवैधानिक परिषद्मा बहुमत कायम गरिने गरी ल्याइएको अध्यादेशको व्यवस्थाप्रति प्रधानमन्त्री बालेन शाहलाई प्रश्न
संवैधानिक परिषद्मा बहुमत कायम गरिने गरी ल्याइएको अध्यादेशको व्यवस्थाप्रति प्रधानमन्त्री बालेन शाहलाई प्रश्न

। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संवैधानिक परिषद्मा बहुमत कायम गरिने गरी ल्याइएको अध्यादेशको व्यवस्थाप्रति प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेका छन् ।

नीति प्रतिष्ठाले सोमबार सुर्खेतमा गरेको कार्यक्रममा बोल्ने क्रममा उपसभापति शर्माले संवैधानिक परिषद्मा ६ को बहुमत ३ हुने यो कस्तो लोकतन्त्र ? भन्दै प्रधानमन्त्री शाहलाई प्रश्न गरेका छन् । सुकुमवासीको वस्तीमा चलाइएको डोजरप्रति आपत्ति व्यक्त गर्दै उपसभापति शर्माले भने, ‘नागरिकको आत्मसम्मानलाई बुटले कुल्चन मिल्ने यो कस्तो लोकतन्त्र प्रधानमन्त्रीजी ?

काठमाडौंको मेयर रहेको बेलामा ‘सिंहदरबार जलाइदिन्छु’ भनि सामाजिक सञ्जालमा लेखिएको स्टाटस स्मरण गराउँदै शर्माले भने, ‘जब तपाईंको परिवारको कोही चढेको मोटरलाई प्रहरीले रोक्यो भन्ने आयो । तपाईंलाई त्यसबेला लाग्यो– मेरो आत्मसम्मानमा चोट पुग्यो । अनि टहरा भत्किन लाग्दा आत्महत्या गरेका इन्द्रबहादुर राईको आत्मसम्मानको हिसाब कसले गर्ने ?’

सुकुमवासीवस्तीमा डोजर चलाउने क्रममा राई लगायतका परिवारका सदस्यको आँसुको आत्मसम्मानमा प्रधानमन्त्रीले वेवास्ता गरेको शर्माले बताए ।

‘तपाईंको राज्यमा एउटा नागरिकको कुनै मूल्य छ कि छैन ? लगत संकलन र विकल्प नदिइ घरको छानामा डोजर चलाउनु कस्तो लोकतन्त्र ?’ उपसभापति शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीनको सान्सी प्रान्तमा भएको कोइलाखानी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । रास्वपाका तर्फबाट समाजिक सञ्जालमार्फत् सोमबार वक्तव्य जारी गर्दै उनले दुर्घटनामा प्रभावितप्रति समवेदना व्यक्त गरेका हुन्। ‘चीनको सान्सी प्रान्तमा भएको दर्दनाक खानी दुर्घटनाप्रति म गहिरो समवेदना व्यक्त गर्दछु,’ लामिछानेले लेखेका छन्, ‘यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति मेरो हार्दिक समवेदना ...
— संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि आठ बुँदामा ५४ प्रस्ताव तयार पारेको छ । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन् । कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षकअन्तर्गत ७, निर्वाचन प्रणालीका ८, संघीयतासम्बन्धी २, प्रदेशसम्बन्धी ८, स्थानीय ...
। नेकपा एमाले संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रावधानको विपक्षमा उभिएको छ । ‘यो सम्भव नै छैन । यस्तो गलत चीजलाई पास हुनै दिन्नौं’ एमाले नेता गुरुप्रसाद बराल भन्छन्, ‘संविधानलाई प्रतिनिधिसभा नियमाववलीले कहाँ रिप्लेस गर्छ ?’ उनका अनुसार संविधान संशोधन विधेयक संघीय संसद्का दुवै सदनले छुट्टाछुट्टै रुपमा पारित गर्नुपर्छ । एउटा हाउसले ...
। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे ...
। गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४ जना घाइते भएको तथ्यांक छ । काठमाडौं उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको ...