मुख्य समाचार
सरकारले वायु गुणस्तरलाई सुधार गर्न स्वच्छ प्रविधि प्रवर्धन र प्रदुषण नियन्त्रण कार्यक्रम ल्याउने
सरकारले वायु गुणस्तरलाई सुधार गर्न स्वच्छ प्रविधि प्रवर्धन र प्रदुषण नियन्त्रण कार्यक्रम ल्याउने

। सरकारले वायु गुणस्तरलाई सुधार गर्न स्वच्छ प्रविधि प्रवर्धन र प्रदुषण नियन्त्रण कार्यक्रम ल्याउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ ०८४ को नीति तथा कार्यक्रममा वायु प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम बताए ।

‘काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना अध्यावधिक गर्दै राष्ट्रिय वायू गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यावन्यन गरिनेछ,’ पौडेलले भने ।

त्यसैगरी परम्परागत इटा उद्योगलाई स्वच्छ प्रविधिमा रुपान्तरण गरिने बताए ।

वायु प्रदुषण न्युनीकरण, जलवायु अनुकुल र दिगो शहरी वातारण व्यवस्थापनका लागि बहुपक्षीय समवन्यन कार्यावन्यन प्रणाली सुढ्ढ गरिने पौडेलले बताए । ‘सीमा पार प्रदुषण नियन्त्रणका लागि दिपक्षीय तथा क्षेत्रीय सहकार्य सुढ्ढ गरिनेछ,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीनको सान्सी प्रान्तमा भएको कोइलाखानी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । रास्वपाका तर्फबाट समाजिक सञ्जालमार्फत् सोमबार वक्तव्य जारी गर्दै उनले दुर्घटनामा प्रभावितप्रति समवेदना व्यक्त गरेका हुन्। ‘चीनको सान्सी प्रान्तमा भएको दर्दनाक खानी दुर्घटनाप्रति म गहिरो समवेदना व्यक्त गर्दछु,’ लामिछानेले लेखेका छन्, ‘यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति मेरो हार्दिक समवेदना ...
— संविधान संशोधनको बहसपत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि आठ बुँदामा ५४ प्रस्ताव तयार पारेको छ । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन् । कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षकअन्तर्गत ७, निर्वाचन प्रणालीका ८, संघीयतासम्बन्धी २, प्रदेशसम्बन्धी ८, स्थानीय ...
। नेकपा एमाले संविधान संशोधन विधेयक पारित गर्न संयुक्त सदन बस्न सक्ने प्रावधानको विपक्षमा उभिएको छ । ‘यो सम्भव नै छैन । यस्तो गलत चीजलाई पास हुनै दिन्नौं’ एमाले नेता गुरुप्रसाद बराल भन्छन्, ‘संविधानलाई प्रतिनिधिसभा नियमाववलीले कहाँ रिप्लेस गर्छ ?’ उनका अनुसार संविधान संशोधन विधेयक संघीय संसद्का दुवै सदनले छुट्टाछुट्टै रुपमा पारित गर्नुपर्छ । एउटा हाउसले ...
। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे ...
। गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको र १७४ जना घाइते भएको तथ्यांक छ । काठमाडौं उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको ...