मुख्य समाचार
१३ विदेशी उत्पादन नेपाली बजार ल्याउने तयारी, वाणिज्य विभागको दाबी-विरोध आह्वान
१३ विदेशी उत्पादन नेपाली बजार ल्याउने तयारी, वाणिज्य विभागको दाबी-विरोध आह्वान

। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १३ प्रकारका विदेशी उत्पादन नेपाली बजारमा प्रत्यक्ष बिक्री (डाइरेक्ट सेलिङ) को अनुमति दिनुअघि ती वस्तु नेपालमै उत्पादन भए/नभएको यकिन गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

काठमाडौं महानगरपालिका–६ मा कार्यालय रहेको ‘ब्रेनवे मल्टिट्रेड मार्केटिङ प्रालि’ ले विदेशी मुलुकमा उत्पादित स्वास्थ्यबर्धक जुस र कस्मेटिक सामग्री नेपालमा बिक्री गर्न अनुमति मागेपछि विभागले स्वदेशी उद्योगको संरक्षणका लागि यो प्रक्रिया सुरु गरेको हो ।

‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७७’ को दफा १६ मा नेपालमा उत्पादन नहुने वस्तुका हकमा मात्र विदेशी वस्तुलाई प्रत्यक्ष बिक्रीका लागि अनुमति दिन सकिने कानुनी प्रावधान छ ।

सोही ऐनको उपदफा (५) बमोजिम विभागले ती प्रस्तावित वस्तुसँग मिल्दाजुल्दा वा समान प्रकृतिका वस्तु नेपालमा उत्पादन भइरहेका छन् कि छैनन् भनी व्यवसायी तथा सरोकारवालासँग जानकारी माग गरेको छ ।

यदि नेपालमै यस्ता वस्तु उत्पादन भइरहेको अवस्थामा विदेशी कम्पनीलाई सोही प्रकृतिको वस्तु बिक्रीको अनुमति नदिने सरकारको नीति छ ।

ब्रेनवे मल्टिट्रेड मार्केटिङले अनुमति मागेका १३ वटा वस्तुमा नोनी गोल्ड जुस, पीडेन्ट जुस, के–केयर जुस, हिमालयन बेरी जुस, डाइबो केयर जुस, वोमब्लिस जुस, थाइरोफिट जुस, आयु प्लस मल्टिबेरी जुस, ई–बुस्टर जुस र एलोभेरा जुस छन् ।

यी पेय पदार्थ (फुड सप्लिमेन्ट) का साथै कम्पनीले गोल्ड फेसियल किट, मिक्स फ्रुट्स फेसियल किट र डायमन्ड फेसियल किटजस्ता सौन्दर्य सामग्री समेत नेपाली बजार ल्याउने तयारी गरेको छ ।

विभागले जारी गरेको सूचनामा उल्लेख गरिएका वस्तुसँग मेल खाने वस्तु स्वदेशमै उत्पादन भइरहेको भए १५ दिनभित्र सप्रमाण दाबी पेस गर्न उत्पादकहरूलाई आग्रह गरिएको छ ।

ऐनको दफा १६ को उपदफा (६) को प्रक्रिया पूरा गर्न यो सूचना प्रकाशित गरिएको विभागले स्पष्ट पारेको छ ।

तोकिएको समयभित्र कुनै दाबी वा विरोध प्राप्त नभए र प्रस्तावित वस्तुहरू नेपालमा उत्पादन नहुने पुष्टि भए विभागले ती वस्तुलाई प्रत्यक्ष बिक्री प्रणाली मार्फत बजार लैजान कानुनी अनुमति प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...