मुख्य समाचार
कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय
कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो बसेको पार्टीको संघीय संसदीय दलको बैठकले आजबाट सुरु हुने संसद् अधिवेशनमा पार्टीले गर्ने विविध विषयमा छलफल भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

उनका अनुसार संसद् अधिवेशनमा सुकुमवासी समस्याको अविलम्ब प्रभावकारी समाधान गर्नुपर्ने लगायतका विषय पनि नेकपाले उठाउनेछ ।

त्यस्तै सरकारले ल्याएका अध्यादेश, प्रधानन्यायाधीश नियुक्ति लगायतका सवालहरूबारे पनि छलफल भएको दुलालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: परराष्ट्रमन्त्री शिशिर खनाल नेपालले प्राकृतिक, सांस्कृतिक र सभ्यतागत पहिचानलाई विश्वसामु अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन्। आइतबार परराष्ट्र सेवा दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको लागि प्रत्यक्ष विदेशी लगानी, पर्यटन, प्रविधि स्थानान्तरण र बजार पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारीलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएका हुन् । उनले नेपालको ...
। तरूण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । सभापति गगन कुमार थापाले कोइरालालाई पार्टी आबद्ध भ्रातृ संघ तरुण दलको अध्यक्ष नियुक्त गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनलाई २१ वैशाखमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनुसार, सभापति थापाले नियुक्त गरेको दुलालले जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ ...
: नेकपा एमालेले पार्टीको कमजोरी र निर्वाचनको समीक्षा लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ। एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादल संयोजकत्वमा अध्ययन गर्न समिति गठन गरेको उपमहासचिव भट्टले जानकारी दिए। उनका अनुसार समितिमा विश्वप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, लेखराज भट्ट, छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल सदस्य रहेको उनका अनुसार सबै ...
। संस्थापन पक्षका गतिविधिमाथि प्रश्न उठाउँदै देशव्यापी भेला गर्दै हिँडिरहेको कांग्रेसको देउवा पक्षले सुदूरपश्चिममा भने आधिकारिक प्रदेश समिति सभापतिकै नेतृत्वमा भेला गरेको छ । पार्टीको प्रदेश समितिले आयोजना गरेको भेलामा विशेष महाधिवेशन पक्षधर नेताहरूको उपस्थिति भने देखिएन । अर्थात् निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर नेताको उपस्थितिमा भेला भयो । भेलामा कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की, मोहन बस्नेत लगायत ...
। राष्ट्रिय सहकारी बैंक सञ्चालकमा बागमती प्रदेशबाट डा. परितोष पौड्याल निर्वाचित भएका छन् । पौड्यालले रामशरण शर्मा घिमिरेलाई पराजित गर्दै बैंक सञ्चालक निर्वाचित भएका हुन् । शनिबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारले भन्दा २ सय ७५ मत धेरै ल्याई पौड्याल विजयी भएका हुन् । निर्वाचनमा पौड्यालले कुल १ हजार ८ सय २७ मत प्राप्त गर्दा शर्माले १ हजार ...