मुख्य समाचार
काठमाडौंका नदी किनारका सुकुमवासी बस्तीमा भइरहेको बलजफ्ती निष्कासन र विस्थापनप्रति गम्भीर चिन्ता व्यक्त
काठमाडौंका नदी किनारका सुकुमवासी बस्तीमा भइरहेको बलजफ्ती निष्कासन र विस्थापनप्रति गम्भीर चिन्ता व्यक्त

। संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले काठमाडौंका नदी किनारका सुकुमवासी बस्तीमा भइरहेको बलजफ्ती निष्कासन र विस्थापनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । विज्ञहरूले एक वयान जारी गर्दै गत वैशाख १२ देखि सुरु भएको यो अभियानले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघन गरेको बताएका छन्।

थापाथली, मनोहरा र सिनामंगल लगायतका क्षेत्रमा मात्र २४ घण्टाको सूचना दिएर डोजर चलाइएकोमा आपत्ति जनाउँदै विज्ञहरूले भनेका छन्, ‘हजारौँ मानिसहरूलाई पर्याप्त सुरक्षा र विकल्पबिना विस्थापित गरिनुले हामीलाई गम्भीर रूपमा विचलित बनाएको छ।’

यसै क्रममा दुई जना बासिन्दाको मृत्यु भएको घटनाप्रति विज्ञहरूले ‘भयानक’ भन्दै दुःख व्यक्त गरेका छन् । वैशाख ११ मा मनोहराका एक युवा र वैशाख १८ मा बल्खुका एक वृद्धले निष्कासनको हताशाका कारण आत्महत्या गरेको आशङ्का गर्दै विज्ञहरूले भनेका छन्, ‘यी मृत्युहरू सरकारी अधिकारीद्वारा संगठित निष्कासन अभियानबाट उत्पन्न परिस्थितिका उपज हुन् ।’

विज्ञहरूले सन् २०२४ मा सर्वोच्च अदालतले दिएको आदेश अनुसार भूमिहीनलाई हटाउनुअघि आवासको व्यवस्था गर्नुपर्ने प्रावधानको पालना नभएकोमा समेत सरकारको ध्यानाकर्षण गराएका छन्।

संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई तत्काल यो निष्कासन कार्य रोक्न र प्रभावित समुदायसँग संवाद सुरु गर्न आग्रह गरेको छ। उनीहरूले विस्थापन र मृत्युका घटनाबारे स्वतन्त्र तथा पारदर्शी छानबिनको माग गर्दै भनेका छन्, ‘राज्यको कदमबाट कोही पनि घरविहीन हुनु हुँदैन, मानवीय मर्यादा र सामाजिक न्याय नै सबै कार्यको मार्गदर्शन हुनुपर्छ ।’

यो चासो व्यक्त गर्नेहरूमा आन्तरिक विस्थापन, पर्याप्त आवास र चरम गरिबी सम्बन्धी राष्ट्रसंघका विशेष प्रतिवेदकहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...