मुख्य समाचार
सुनको गहना चोरी गरी फरार भएको आरोपमा तीन जना पक्राउ
सुनको गहना चोरी गरी फरार भएको आरोपमा तीन जना पक्राउ

। धनकुटाको मदन चोकबाट सुनको गहना चोरी गरी फरार भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

धनकुटाको सहिदभूमि गाउँपालिका-१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-६ का ३० वर्षका धनबहादुर भन्ने दानबहादुर तामाङ, ३३ वर्षका सन्तोष भन्ने प्रेमलाल घिसिङ र वर्ष ३८ का राजु तामाङ रहेका छन् ।

प्र ३–०२–०१३ प ८००१ नम्बरको मोटरसाइकल र बा ८२ प ९५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले धनकुटा नगरपालिका-७ मदन चोकबाट राईको घाँटीमा रहेको १ तोला २ आनाको सुनको सिक्री लुटेर गत शुक्रबार फरार भएका थिए ।

राईले जिल्ला प्रहरी कार्यालय धनकुटामा दिएको उजुरीको आधारमा तीनै जनालाई सुनसरीको धरान उप महानगरपालिका- ८ स्थित एक होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई धनकुटा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको प्रहरी नायब उपरिक्षक महतोले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले सुन जस्तो देखिने पहेंलो धातुको लकेटसहितको सिक्री १ थान, लकेट बिनाको सिक्री १ थान, सिक्रीको लकेट मात्र १ थान, तिलहरी १ थान, कानको बेरुवा कुण्डल १ थान र बेरुवा औंठी १ थान बरामद गरेको छ ।

यस्तै प्र ३–०२–०१३ प ८००१ नम्बरको बुलेट मोटरसाइकल र बा ८२ प ९५६४ नम्बरको एनएस मोटरसाइकल पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिम प्रदेशमा गरिएको भेला पार्टीमा कुनै विग्रह ल्याउनका लागि नभएको दाबी गरेका छन् । धनगढीमा आयोजित भेलामा सम्बोधन गर्ने क्रममा उनले पार्टीलाई एकताबद्ध बनाएर थप संगठित गर्नका लागि भेला आयोजित गरिएको जिकिर गरे । ‘यो भेला पार्टीमा विग्रह ल्याउनका लागि होइन । नेपाली कांग्रेसलाई एकताबद्ध गरेर थप संगठित गर्नका लागि हो ...
। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् । कुनै बेला बन्द हुने र कुनै बेला सञ्चालन हुने नियति भोग्दै आएको उक्त सिमेन्ट उद्योगको अवस्था बुझ्न मन्त्री यादवले आज उद्योगको निरीक्षणसँगै व्यवस्थापन र कर्मचारीहरूसँग छलफलसमेत गरेकी छन् । उद्योग निरीक्षणपश्चात् आयोजित छलफल कार्यक्रममा मन्त्री ...
। नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा मेलमिलापका लागि विशेष अधिवेशनमा सहभागी नभएका नेताहरूसँग समन्वय गर्न आग्रह गरेका छन् । आइतबार कैलालीको धनगढीमा आयोजना गरेक प्रदेशस्तरीय भेलामा उनले पार्टी एकतामा जोड दिँदै सभापति थापासँग समन्वयका लागि आग्रह गरेका हुन् । ‘अधिवेशनमा नगएका साथीहरूका बीचमा समन्वय र एकता स्थापित गर्नस्,’ भेलाका प्रमुख अतिथि साउदले भने, ...
। उपसभामुख रुबिकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध अन्तिम साससम्म संघर्ष जारी राख्ने बताएकी छन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी बृहत् सभालाई सम्बोधन गर्दै उनले छोरा–छोरीबीच समान व्यवहार भए मात्रै समाजबाट दाइजो प्रथा अन्त्य गर्न सकिने बताइन् । ‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं, छोरी बचाऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा बोल्दै ठाकुरले दाइजोका ...
। ललितपुर महानरपालिका–१५ ज्ञाननगर टोलमा गाडीले ठक्कर दिँदा ८ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही घर भइ ललितपुर हात्तिवन बस्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी छिन् । शनिबार दिउँसो साढे ३ बजेतिर ज्ञाननगर टोलमा बाटो काट्ने क्रममा प्र.०१–०३३ च ८७८० नम्बरको जिपले बालिकालाई ठक्कर दिँदै अघि बढेको थियो । जिपको ठक्करबाट गम्भीर ...