मुख्य समाचार
पाकिस्तान र बंगलादेशसँग खेल्ने अस्ट्रेलियाको ओडीआई टोली घोषणा
पाकिस्तान र बंगलादेशसँग खेल्ने अस्ट्रेलियाको ओडीआई टोली घोषणा

। पाकिस्तान र बंगलादेशविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि अस्ट्रेलियाको टोली भएको छ ।

यू-१९ टोलीका कप्तान ओलिभर पिक पहिलोपटक टोलीमा समावेश भएका छन् । उनी घरेलु क्रिकेटमा सीमित अनुभव भए पनि प्रतिभाका आधारमा राष्ट्रिय टोलीमा बोलाइएका हुन् ।

नियमित कप्तान प्याट कमिन्स, जोश हेजलउड र मिचेल स्टार्कलाई यस भ्रमणमा विश्राम दिइएको छ । भारतमा भइरहेको इन्डियन प्रिमियर लिगका कारण उनीहरू पाकिस्तान भ्रमणमा उपलब्ध हुने छैनन् भने त्यसपछि बंगलादेश भ्रमणअघि आराम दिइने भएको छ । उनीहरूको अनुपस्थितिमा मिचेल मार्शले एकदिवसीय टोलीको कप्तानी गर्नेछन् ।

घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेका अलराउन्डर लियाम स्कटले पनि पहिलो पटक राष्ट्रिय टोलीमा अवसर पाएका छन् ।

पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय शृंखला मे ३१ देखि जुन ४ सम्म हुनेछ भने त्यसपछि जुन ९ देखि बंगलादेशसँग अर्को एकदिवसीय शृंखला खेलिनेछ ।

अस्ट्रेलियाले केही प्रमुख खेलाडीलाई विश्राम दिँदै नयाँ खेलाडीलाई अवसर दिएको छ, जसलाई आगामी ठूला प्रतियोगिताको तयारीका रूपमा हेरिएको छ ।

पाकिस्तानविरुद्ध अस्ट्रेलियाको ओडीआई टोली : मिचेल मार्श (कप्तान), एलेक्स केरी, नाथन एलिस, क्यामरन ग्रीन, जोश इङ्ग्लिस, म्याथ्यु कुनेमन, मार्नस लाबुसेन, राइली मेरिडिथ, ओली पीक, म्याथ्यु रेन्सो, तनवीर संघा, लियाम स्कट, म्याथ्यु सर्ट, बिली स्टानलेक, एडम जाम्पा।

बंगलादेशविरुद्ध अस्ट्रेलियाको ओडीआई टोली : मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, एलेक्स केरी, कुपर कोनोली, बेन ड्वारशुइस, नाथन एलिस, क्यामरन ग्रीन, ट्राभिस हेड, जोश इङ्ग्लिस, म्याथ्यु कुनेमन, मार्नस लाबुसेन, म्याथ्यु रेन्सो, तनवीर संघा, लियाम स्कट, एडम जाम्पा।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम