मुख्य समाचार
पाकिस्तान र बंगलादेशसँग खेल्ने अस्ट्रेलियाको ओडीआई टोली घोषणा
पाकिस्तान र बंगलादेशसँग खेल्ने अस्ट्रेलियाको ओडीआई टोली घोषणा

। पाकिस्तान र बंगलादेशविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि अस्ट्रेलियाको टोली भएको छ ।

यू-१९ टोलीका कप्तान ओलिभर पिक पहिलोपटक टोलीमा समावेश भएका छन् । उनी घरेलु क्रिकेटमा सीमित अनुभव भए पनि प्रतिभाका आधारमा राष्ट्रिय टोलीमा बोलाइएका हुन् ।

नियमित कप्तान प्याट कमिन्स, जोश हेजलउड र मिचेल स्टार्कलाई यस भ्रमणमा विश्राम दिइएको छ । भारतमा भइरहेको इन्डियन प्रिमियर लिगका कारण उनीहरू पाकिस्तान भ्रमणमा उपलब्ध हुने छैनन् भने त्यसपछि बंगलादेश भ्रमणअघि आराम दिइने भएको छ । उनीहरूको अनुपस्थितिमा मिचेल मार्शले एकदिवसीय टोलीको कप्तानी गर्नेछन् ।

घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गरेका अलराउन्डर लियाम स्कटले पनि पहिलो पटक राष्ट्रिय टोलीमा अवसर पाएका छन् ।

पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय शृंखला मे ३१ देखि जुन ४ सम्म हुनेछ भने त्यसपछि जुन ९ देखि बंगलादेशसँग अर्को एकदिवसीय शृंखला खेलिनेछ ।

अस्ट्रेलियाले केही प्रमुख खेलाडीलाई विश्राम दिँदै नयाँ खेलाडीलाई अवसर दिएको छ, जसलाई आगामी ठूला प्रतियोगिताको तयारीका रूपमा हेरिएको छ ।

पाकिस्तानविरुद्ध अस्ट्रेलियाको ओडीआई टोली : मिचेल मार्श (कप्तान), एलेक्स केरी, नाथन एलिस, क्यामरन ग्रीन, जोश इङ्ग्लिस, म्याथ्यु कुनेमन, मार्नस लाबुसेन, राइली मेरिडिथ, ओली पीक, म्याथ्यु रेन्सो, तनवीर संघा, लियाम स्कट, म्याथ्यु सर्ट, बिली स्टानलेक, एडम जाम्पा।

बंगलादेशविरुद्ध अस्ट्रेलियाको ओडीआई टोली : मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, एलेक्स केरी, कुपर कोनोली, बेन ड्वारशुइस, नाथन एलिस, क्यामरन ग्रीन, ट्राभिस हेड, जोश इङ्ग्लिस, म्याथ्यु कुनेमन, मार्नस लाबुसेन, म्याथ्यु रेन्सो, तनवीर संघा, लियाम स्कट, एडम जाम्पा।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...