मुख्य समाचार
प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको
प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको

। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिगको हिसाबमा पनि केही ढिलो भएको बताए ।

विराटनगरमा संघको साधारणसभाको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो राजनीतिक अवस्था र क्रिकेटका गतिविधिका कारण साधारण सभा तोकिएको समयभन्दा ढिलो भएको बताएका हुन् ।

१८ महिनापछि संघको साधारणसभा आज विराटनगरमा सुरु भएको हो । साधारणसभा भोलि समापन हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको थियो ।

खड्काले भने संघको अवस्थाका विषयमा राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएर समन्वयमा काम गरिएको बताए । ‘साधारण सभा गर्नुपर्छ भनेर औपचारिकताका लागि मात्र नभई यसलाई एउटा अर्थपूर्ण र ठोस निष्कर्ष दिने बनाउन खोज्दा केही समय लागेको हो,’ खड्काले भने ।

नेपाल प्रिमियर लिग (एनपीएल)सँग जोडिएका आर्थिक विषयमा कर छुटको प्रक्रियाका कारण हिसाब–किताब मिलाउने क्रममा रहेको उनले बताए ।

नेपाल प्रिमियर लिगमा वैदेशिक तथा आन्तरिक लगानी भित्रिएको बताउँदै उनले एनपीएलका ८ वटा टोलीमा १५ देखि २० करोड रुपैयाँसम्म दरले लगानी भइसकेको उनले बताए ।

‘सबै टोलीमा २०० देखि २५० करोड रुपैयाँको लगानी हुने देखिएको छ,’ खड्काले थपे, ‘यति ठूलो आर्थिक भार र स्रोतहरू परिचालन भइरहेको अवस्थामा क्यानले अब कर छुटका लागि प्रक्रिया अगाडि बढाउँदै छ । टिम मालिक र प्रायोजकहरूसँगको समन्वयमा सबै आर्थिक पाटोलाई पारदर्शी बनाउन हामी लागिपरेका छौं ।’

क्यानले सबै प्रक्रियाहरू पूरा गरी क्रिकेटको संस्थागत विकासमा लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम