मुख्य समाचार
प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको
प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको

। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिगको हिसाबमा पनि केही ढिलो भएको बताए ।

विराटनगरमा संघको साधारणसभाको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो राजनीतिक अवस्था र क्रिकेटका गतिविधिका कारण साधारण सभा तोकिएको समयभन्दा ढिलो भएको बताएका हुन् ।

१८ महिनापछि संघको साधारणसभा आज विराटनगरमा सुरु भएको हो । साधारणसभा भोलि समापन हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानबिन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको थियो ।

खड्काले भने संघको अवस्थाका विषयमा राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराएर समन्वयमा काम गरिएको बताए । ‘साधारण सभा गर्नुपर्छ भनेर औपचारिकताका लागि मात्र नभई यसलाई एउटा अर्थपूर्ण र ठोस निष्कर्ष दिने बनाउन खोज्दा केही समय लागेको हो,’ खड्काले भने ।

नेपाल प्रिमियर लिग (एनपीएल)सँग जोडिएका आर्थिक विषयमा कर छुटको प्रक्रियाका कारण हिसाब–किताब मिलाउने क्रममा रहेको उनले बताए ।

नेपाल प्रिमियर लिगमा वैदेशिक तथा आन्तरिक लगानी भित्रिएको बताउँदै उनले एनपीएलका ८ वटा टोलीमा १५ देखि २० करोड रुपैयाँसम्म दरले लगानी भइसकेको उनले बताए ।

‘सबै टोलीमा २०० देखि २५० करोड रुपैयाँको लगानी हुने देखिएको छ,’ खड्काले थपे, ‘यति ठूलो आर्थिक भार र स्रोतहरू परिचालन भइरहेको अवस्थामा क्यानले अब कर छुटका लागि प्रक्रिया अगाडि बढाउँदै छ । टिम मालिक र प्रायोजकहरूसँगको समन्वयमा सबै आर्थिक पाटोलाई पारदर्शी बनाउन हामी लागिपरेका छौं ।’

क्यानले सबै प्रक्रियाहरू पूरा गरी क्रिकेटको संस्थागत विकासमा लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...