मुख्य समाचार
तमिलगा वेत्री कझगम (टीभीके) का अध्यक्ष जोसेफ विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ ग्रहण
तमिलगा वेत्री कझगम (टीभीके) का अध्यक्ष जोसेफ विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ ग्रहण

: तमिलगा वेत्री कझगम (टीभीके) का अध्यक्ष जोसेफ विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
यससँगै राज्यमा करिब छ दशकदेखि जारी दुई प्रमुख द्रविड दल द्रबिड मुन्द्रि कझगम (डीएमके) र अल इण्डिया द्रबिड मुन्द्रि कझगम (एआइएडीएमके) बीच पालैपालो सत्ता सञ्चालन हुने परम्पराको अन्त्य भएको छ ।

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शनिबार २३४ सदस्यीय विधानसभामध्ये १२० निर्वाचित विधायकहरूको समर्थन पाएपछि विजयलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो । विजयले बिहान १० बजेपछि चेन्नईको नेहरु स्टेडियममा शपथ लिएका थिए । उनीसँगै टीभीकेका केही वरिष्ठ नेतासहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिएका छन् । विजयले इण्डियन नेशनल कंग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन् । राज्यपालले उनलाई १३ मेभित्र वा त्यसअघि विधानसभामा विश्वासको मत प्राप्त गर्न निर्देशन दिएका छन् ।

मन्त्री पदको शपथ लिने नौ जनामा ‘बुसी’ एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेन्गोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी.के. प्रभु र एस कीर्तना रहेका छन् । मन्त्रिपरिषद्मा एक महिला तथा अनुसूचित जाति (एससी) समुदायबाट एक प्रतिनिधि समावेश छन् ।
विजय पेरम्बूर र तिरुची ईस्ट दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् । विजयसहित चेन्नईबाट कुल पाँच मन्त्री रहने छन् । पश्चिमी क्षेत्रबाट दुई मन्त्री तथा दक्षिणी क्षेत्रबाट तीन मन्त्रीलाई प्रतिनिधित्व दिइएको छ ।

पछिल्ला केही दिनदेखि जारी राजनीतिक अनिश्चितता शनिबार साँझ अन्त्य भएको थियो, जब विदुथलाई चिरुथाइगल काची र इण्डियन युनियन मुस्लिम लिगले पनि समर्थन दिएका थिए । यससँगै टीभीकेको समर्थन संख्या १२० पुगेको थियो ।

त्यसपछि विजयले चेन्नईस्थित लोक भवनमा राज्यपालसँग भेट गरी इण्डियन नेशनल कंग्रेस, कम्युनिष्ट पार्टी अफ इण्डिय, कम्युनिष्ट पार्टी अफ इण्डिया (मार्क्सवादी), विदुथलाई चिरुथाइगल काची र इण्डियन युनियन मुस्लिम लिगले समर्थन पत्र बुझाएका थिए । हालै सम्पन्न विधानसभा चुनावमा भीभीकेले १०८ सिट जितेको थियो । तर वास्तविक रूपमा यो संख्या १०७ हो, किनकी पार्टी अध्यक्ष विजय दुई स्थानबाट निर्वाचित भएका कारण उनले एउटा सिट त्याग्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम