मुख्य समाचार
नवलपरासीमा रहेका छोटी भन्सार कार्यालय पुनर्स्थापना नहुँदा राजस्व संकलन प्रभावित हुँदै
नवलपरासीमा रहेका छोटी भन्सार कार्यालय पुनर्स्थापना नहुँदा राजस्व संकलन प्रभावित हुँदै

: नवलपरासीमा रहेका छोटी भन्सार कार्यालय पुनर्स्थापना नहुँदा राजस्व संकलन प्रभावित हुँदै आएको छ । पछिल्लो समय सरकारले एक सय रुपैंयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य महसुल कार्यान्वयमा कडाइ गरेपछि मूल भन्सार बाहेकका नाकाबाट भित्रिने सामानको राजस्व संकलनमा समस्या भएको हो ।

द्वन्द्वकालअघि जिल्लामा महेशपुरसहित चार वटा छोटी भन्सार कार्यालय सञ्चालनमा थिए । भारतीय सीमावर्तीका प्रमुख बजारसँग जोडिएका बिस्नुपुरा, भुजहवा र झोलनीपुर (गुठिप्रसौनी) मा छोटी भन्सार कार्यालय थिए । ती कार्यालयमा एक जना खरिदार, मुखिया र दुई जना सिपाही गरी कुल चार जनाको दरबन्दीबाट राजस्व संकलन गरिँदै आइएको थियो । तर, द्वन्द्व चर्किएसँगै केही कार्यालयमा बम विष्फोट गराइएको थियो ।

सुरक्षा चुनौती बढेपछि तीन वटा नाकाबाट भन्सार कार्यालय हटाइएको थियो । हटाइएका कार्यालयहरु अहिलेसम्म पुनर्स्थापना हुन सकेका छैनन् । जसका कारण नाका हुँदै भित्रिने सवारी साधनको सुविधादेखि अन्य भन्सार महसुल बुझाउन महेशपुर आउनुपर्ने बाध्यता छ । पाल्हीनन्दन गाउँपालिका– ५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका–५ को सकरदिनसम्मको २८ कि.मि. जिल्लाको सीमा नाकामा पर्छ ।



अहिले सामानमा कडाइ गरी महसुल लिन थालेपछि नाका हुँदै भित्रिने सामानलाई महेशपुरसम्म ल्याउन सुरक्षाकर्मीलाई समेत सास्ती भइरहेको बताइएको छ । ‘पहिला घर प्रयोगका लागि आउने सामानमा खासै कडाइ थिएन । अहिले एक सयभन्दा बढीका सामानलाई महसुल तिर्नुपर्दा साना सामान ल्याउनेलाई समेत महेशपुर पठाउनु पर्दा समस्या भएको छ’, नाकामा खटिएका एक सशस्त्र प्रहरीले भने ।

सीमा क्षेत्रका अधिकांश स्थानीयसँग भारतीय नम्बर प्लेटका सवारी साधन छन् । सदरमुकामसम्म सुविधामा आउन पाउने व्यवस्था छ । तर सुविधाकै लागि १८-२० किलोमिटर टाढा रहेको महेशपुर जान समस्या भएको भन्दै छोटी भन्सार पुनः सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । एकै ठाउँमा भन्सार हुँदा सामान्य सामान ल्याउने स्थानीयलाई पनि महेशपुर पठाउँदा विवाद हुने गरेको र यसले व्यवहारिक कठिनाई उत्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीका उपरीक्षक (एसपी) गोबिन्द खातीले बताए । त्यसबारे सम्बन्धित निकायमा जानकारी दिइएको उनको भनाई छ।

उता महेशपुर भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले जनशक्ति अभाव हुँदा अन्य नाकामा निगरानी गर्न समस्या भएको बताए । ‘मुल नाकाबाटै दैनिक ५-७ हजार मानिस आवतजावत गर्ने गरेका छन् । तर जनशक्ति अभावका कारण करिब २० प्रतिशत मात्र जाँच गर्न सकिन्छ । बाँकी छुट्ने गरेका कारण विवाद हुने गरेको छ’, उनले भने । त्यसरी छुट्दा कसैलाई महसुल तिराउने र कसैलाई छाड्ने भन्दै विवाद हुने गरेको उनले बताए । विभिन्न स्थानमा रहेका छोटी भन्सार सञ्चालन गर्दा त्यहाँबाट समेत सामान लैजान पाइने र त्यसले तस्करी बढ्ने सम्भावना रहने भएकाले सरकारले मूल भन्सारलाई नै प्राथमिकता दिएको उपाध्यायको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालमा अटोमोबाइल क्षेत्र अहिले पनि सरकारको आम्दानीको मुख्य क्षेत्रका रुपमा देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले वस्तु आयातबाट कुल ५ खर्ब ६ अर्ब रुपैयाँ बराबर राजस्व आम्दानी गर्‍यो । यसमध्ये १७.५५ प्रतिशत बराबर अर्थात् ८९ अर्ब १ करोड रुपैयाँ राजस्व अटोमोबाइल क्षेत्रले तिरेको छ । यो सवारी साधन ...
: काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पोको शुभारम्भ गरेका हुन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म एक्स्पो सञ्चालन हुने जनाइएको छ। ६ दिनसम्म चल्ने एक्स्पोमा दुईपाङ्ग्रे्रे, चारपाङ्ग्रे्रे र ...
। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । ‘आजको छलफल कुनै औपचारिक टिप्पणीमा सीमित रहने ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारीसँग छलफल गरेका छन् । मन्त्रीसँगको छलफलमा उनीहरूले बैंकिङ क्षेत्रमा कर्जाको माग बढ्न लगानीमैत्री वातावरणको विकास गर्नुपर्ने सुझाएका छन् । हाल कर्जाको माग नबढ्नुमा लगानी वातावरण नै प्रमुख रहेको उनीहरूले बताए। अर्थतन्त्रको पछिल्लो अवस्था र वित्तीय क्षेत्रका समस्या समाधानका लागि केन्द्रीय बैंकका विभागहरूले के कसरी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले सो धारणा राखेका हुन् । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको उनले उल्लेख गरे । उनले सरकारको सोच, प्राथमिकता ...