मुख्य समाचार
अमेरिकामाथि गम्भीर आरोप लगाउँदै कूटनीतिक समाधानको प्रयास भइरहेका बेला वासिङ्टनले 'लापरवाह सैन्य दुस्साहस' रोजेको बताए
अमेरिकामाथि गम्भीर आरोप लगाउँदै कूटनीतिक समाधानको प्रयास भइरहेका बेला वासिङ्टनले 'लापरवाह सैन्य दुस्साहस' रोजेको बताए

: इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि गम्भीर आरोप लगाउँदै कूटनीतिक समाधानको प्रयास भइरहेका बेला वासिङ्टनले 'लापरवाह सैन्य दुस्साहस' रोजेको बताएका छन् ।

स्ट्रेट अफ होर्मुजमा दुवै देशका सेनाबीच भएको पछिल्लो झडप र अमेरिकी आक्रमणपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानी जनता कहिल्यै पनि दबाबको अगाडि नझुक्ने स्पष्ट पारेका छन्। उनले अमेरिकी कदमलाई सस्तो दबाबको रणनीति वा राष्ट्रपति डोनल्ड ट्रम्पलाई पुनः युद्धको दलदलमा फसाउने खेलको संज्ञा दिए ।

यसैबीच, अमेरिकी केन्द्रीय कमाण्डले इरानविरुद्धको 'नाकाबन्दी' उल्लंघन गर्न खोज्ने दुईवटा इरानी तेल ट्याङ्करलाई निष्क्रिय पारेको जनाएको छ। ओमानको खाडीमा रहेका इरानी बन्दरगाहमा पस्न खोज्ने जहाजहरूको 'स्मोकस्ट्याक' मा अमेरिकी सेनाले सटीक क्षेप्यास्त्र प्रहार गरेको हो। सेन्टकॉमका अनुसार हाल ७० भन्दा बढी ट्याङ्करहरूलाई इरानी बन्दरगाहमा आउन वा जान रोकिएको छ।



राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रुथ सोसल मार्फत इरानका कैयौं साना डुङ्गा, मिसाइल र ड्रोनहरू नष्ट गरिएको दाबी गरे। उनले इरानलाई डिल (सम्झौता) मा चाँडो हस्ताक्षर नगरे भविष्यमा अझ कडा र हिंसात्मक आक्रमण गर्ने चेतावनी दिए ।

इरानले भने अमेरिकाले आफ्नो तेल ट्याङ्कर र तटीय क्षेत्रमा हवाई आक्रमण गरेको आरोप लगाएको छ। मीनाब नजिकै भएको आक्रमणमा एक मालवाहक जहाजमा आगलागी भएको र १० जना नाविक घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।

फेब्रुअरीदेखि सुरु भएको यो तनावका कारण विश्वको झण्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ओसारपसार हुने यो जलमार्ग अवरुद्ध भएको छ। जसका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिएको छ। स्ट्रेट अफ होर्मुजमा अहिले करिब २,००० जहाजहरू अलपत्र अवस्थामा छन्।

यद्यपि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले शुक्रबारसम्म अमेरिकी प्रस्तावको जवाफ दिने अपेक्षा गरिएको बताए । राष्ट्रपति ट्रम्पले भने अहिलेको संघर्षका बावजुद युद्धविराम अझै कायम रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम