मुख्य समाचार
भारतको तमिलनाडु राज्यमा ठूलो राजनीतिक परिवर्तन
भारतको तमिलनाडु राज्यमा ठूलो राजनीतिक परिवर्तन

: भारतको तमिलनाडु राज्यमा ठूलो राजनीतिक परिवर्तन भएको छ। चर्चित तमिल अभिनेता तथा 'तमिलगा वेत्री कलगम' (TVK) का प्रमुख जोसेफ विजय (विजय थलापति) लाई राज्यको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरिएको छ। तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीका रूपमा विजयको शपथ ग्रहण समारोह आज आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा आयोजना गरिने भएको छ। सो समारोहमा विभिन्न राजनीतिक दलका नेता र सिने जगतका हस्तीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार बनाउन ११७ सिटको आवश्यकता पर्छ। विजयको पार्टी TVK ले एक्लै १०८ सिट जितेको छ। यद्यपि, विजयले दुईवटा निर्वाचन क्षेत्रबाट जित हासिल गरेकाले उनले एक सिट छाड्नुपर्ने हुन्छ, जसबाट उनको पार्टीको कूल सिट १०७ रहनेछ।



उनलाई अन्य साना र क्षेत्रीय दलहरूले समर्थन गरेपछि बहुमत जुटेको हो। विजयको सरकारलाई भारतीय राष्ट्रिय कांग्रेस, सीपीआई (CPI) र सीपीएम (CPM), वीसीके (VCK) ,इन्डियन युनियन मुस्लिम लिग (IUML) दलहरूले समर्थन गरेका हुन् ।

सहयोगी दलहरूको समर्थनसहित विजयसँग अहिले १२१ विधायकहरूको स्पष्ट समर्थन रहेको छ। राज्यपाल अर्लेकरले विजयलाई आगामी मे १३ सम्ममा विधानसभामा आफ्नो बहुमत सावित गर्न (विश्वासको मत लिन) समय सीमा दिएका छन्।

सत्ता समीकरण तयार भइरहँदा राजनीतिक विवाद पनि सुरु भएको छ। एएमएमके (AMMK) पार्टीका महासचिव टीटीवी दिनकरनले विजयको पार्टीमाथि 'हर्स ट्रेडिङ' (विधायक खरिद–बिक्री) को गम्भीर आरोप लगाएका छन्। राज्यपाललाई भेट्दै दिनकरनले आफ्ना विधायकहरूलाई फकाउन नक्कली भिडियोको प्रयोग गरिएको दाबी गर्दै यसविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

यता, विजयका समर्थक र सहयोगीहरूले भने यी आरोपहरूको खण्डन गरेका छन्। उनीहरूले जनताको अपार समर्थन र लोकतान्त्रिक पद्धतिबाटै विजय मुख्यमन्त्री बन्न लागेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम