मुख्य समाचार
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तिम समयमा स्थगित गरेको निर्वाचनका लागि करिब ५५ लाख खर्च
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तिम समयमा स्थगित गरेको निर्वाचनका लागि करिब ५५ लाख खर्च

। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तिम समयमा स्थगित गरेको निर्वाचनका लागि करिब ५५ लाख खर्च गरेको पाइएको छ । एन्फाको आर्थिक विषयमा छानबिन गर्न गठित छानबिन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार संस्थाले निर्वाचनको तयारीका लागि भन्दै ५५ लाख खर्च गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रहमा कमल भट्टराईको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा बुझाइएको छ । मन्त्रालय स्रोतका अनुसार एन्फाले निर्वाचनको नाममा करिब ५५ लाख खर्च गरेको देखिन्छ ।

‘निर्वाचनका लागि ६५ लाख कार्यसमिति बैठकबाट पारित भएको देखिन्छ,’ राखेप स्रोतले भन्यो, ‘त्यसमा करिब ५५ लाख खर्च भइसकेको प्रतिवेदनमा लेखिएको छ ।’

उक्त रकम निर्वाचनको तयारीमा, झापा आउने–जाने र खाने–बस्नेमा खर्च गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘निलम्बनको क्रममा पनि निर्वाचन अघि बढाएर ५५ लाख खर्च गरेको प्रतिवेदनमा औँल्याएका छौँ,’ राखेप स्रोतले भन्यो ।

तहगत निर्वाचन गर्न अस्वीकार गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई चैत ११ मा ३ महिनाका लागि निलम्बन गरेको थियो । तर एन्फाले निर्वाचन गर्ने अड्डी कस्दै झापा पुगेको थियो । पदाधिकारीसहितका प्रतिनिधि झापा पुगेपछि एन्फाले एक दिनअघि निर्वाचन स्थगित गरेको थियो ।

एन्फाले एक वर्षमा मुद्दा लड्न करिब एक करोड रुपैयाँ खर्च गरेको पाइएको छ । गत वर्ष परेका २४ वटा मुद्दा लड्न एन्फाले साढे ९७ लाख खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । एन्फाविरुद्ध ‘अर्ली इलेक्सन’ रोक्नेदेखि अदालतको अपहेलनासम्मका मुद्दा परेका थिए ।

त्यस्तै, एन्फाले खेल सामग्री कम्पनी केल्मीसँग टेन्डरबिना ५० हजार डलरको सामान खरिद गरेको भेटिएको छ । सार्वजनिक खरिद ऐनमा २० लाखभन्दा बढीको खरिदमा टेन्डर गर्नुपर्ने व्यवस्था छ ।

तर, एन्फाले टेन्डरबिना नै कोटेसनमार्फत केल्मीसँग खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त विषयमा एन्फाले भने फिफाको नियमअनुसार कोटेसनबाट खरिद गरेको बयान दिएको छ ।

एन्फाविरुद्ध उजुरी परेपछि अख्तियारले केही दिनअघि मन्त्रालयमार्फत राखेपलाई छानबिनका लागि पत्र पठाएको थियो । सोही पत्रअनुसार राखेपले वैशाख ८ गते उपसमिति बनाएको थियो । उक्त उपसमितिले छानबिन गरी प्रतिवेदन मन्त्रालयमा बुझाएको हो ।

राखेपका तत्कालीन कार्यकारी सदस्य भट्टराई संयोजक रहेको उपसमितिमा राखेपका लेखा अधिकृत टङ्कनाथ कँडेल र आपूर्ति तथा भण्डार शाखाका गोपीकृष्ण निरौला सदस्य थिए । सोही छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले एन्फा पदाधिकारीहरूलाई विदेश जान रोक लगाएको थियो ।

आवश्यक कागजात अध्ययन र उजुरीको सम्बन्धमा सरोकारवाला पक्षहरूसँग छलफल र समन्वय गरी प्रतिवेदन तयार गरिएको उपसमिति संयोजक भट्टराईले जानकारी दिए । यस बारे बुझ्न एन्फा प्रवक्ता सुरेश शाहलाई सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम