मुख्य समाचार
फिफा विश्वकप २०२६ को विशेष प्रसारण अधिकार पनि हिमालय टेलिभिजनले प्राप्त
फिफा विश्वकप २०२६ को विशेष प्रसारण अधिकार पनि हिमालय टेलिभिजनले प्राप्त

। नेपालको प्रतिष्ठित सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्कले ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरेको छ ।

शुक्रबार साँझ राजधानीमा आयोजित विशेष कार्यक्रम बीच ‘हिमालय स्पोर्ट्स’ च्यानलको औपचारिक घोषणा गरिएको हो । त्यस्तै, फिफा विश्वकप २०२६ को विशेष प्रसारण अधिकार पनि हिमालय टेलिभिजनले प्राप्त गरेको छ ।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा हुने फिफा विश्वकपको प्रसारणका लागि हिमालय स्पोर्ट्स र ‘डी‌गो एप’बीच सम्झौता पनि भएको छ । नेपालका लागि एस प्रो मिडियाले फिफा विश्वकपको प्रसारण अधिकार प्राप्त गरेको छ ।

सोही कम्पनीमार्फत हिमालय स्पोर्ट्सले नेपालमा विश्वकप प्रत्यक्ष प्रसारण गर्नेछ ।

यो कदमले नेपाली खेलकुद भविष्यको नयाँ बाटो कोरिने विश्वास हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले व्यक्त गरे । ‘फिफा विश्वकप प्रसारणको अधिकार प्राप्त गर्न पाउँदा गर्व महसुस भएको छ’ उनले औपचारिक घोषणाका क्रममा भने ।

त्यस्तै, हिमालय स्पोर्ट्सका सीईओ सुरज गिरीले यो कदम नेपाली खेलकुदमा ऐतिहासिक छलाङ भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...