मुख्य समाचार
रुस–युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा
रुस–युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच तीन दिने युद्धविराम भएको घोषणा गरेका छन् । उनका अनुसार मे ९ देखि ११ सम्म दुवै देशबीच 'सिजफायर' (युद्धविराम) रहनेछ।

यस युद्धविरामको अवधिमा दुवै देशले एक-अर्काका १,०००–१,००० युद्धबन्दीहरूलाई पनि साटासाट गर्ने राष्ट्रपति ट्रम्पले जानकारी दिए ।

सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्पले भनेका छन्, 'मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि रूस र युरोपबीच मे ९, १० र ११ तारिखका लागि तीन दिने युद्धविराम हुने भएको छ। रूसमा 'भिक्ट्री डे' को उत्सव छ र युरोपमा पनि खुसीको वातावरण छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धको हिस्सा थिए।'



उनले अगाडि लेखेका छन्, 'यस युद्धविराम अन्तर्गत सबै सैन्य गतिविधिहरू रोकिनेछन् र दुवै पक्षबाट १,०००–१,००० कैदीहरूको अदला–बदली गरिनेछ। मेरो यस अनुरोधलाई स्वीकार गरेकोमा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु।'

ट्रम्पले यो कदमलाई लामो र विनाशकारी युद्ध अन्त्यको सुरुवात हुने आशा व्यक्त गर्दै यो दोस्रो विश्वयुद्धपछिकै ठूलो संघर्ष भएको र यसलाई पूर्ण रूपमा समाप्त गर्न वार्ता जारी रहेको बताए ।

अर्कोतर्फ, हालैका आक्रमणहरूका कारण अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। दुवै देशले एक–अर्कामाथि आरोप–प्रत्यारोप लगाइरहेका छन्। अमेरिकाले आफूले जवाफी कारबाही मात्र गरेको दाबी गरेको छ भने इरानले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम