मुख्य समाचार
अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वभरका परिवारहरू महँगीको भार बेहोरिरहेका बेला केही कम्पनीहरूले भने ठूलो नाफा
अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वभरका परिवारहरू महँगीको भार बेहोरिरहेका बेला केही कम्पनीहरूले भने ठूलो नाफा

: अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण विश्वभरका परिवारहरू महँगीको भार बेहोरिरहेका बेला केही कम्पनीहरूले भने ठूलो नाफा कमाइरहेका छन् ।

युद्धका कारण उत्पन्न अनिश्चितता र इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि जीवनयापनको खर्च बढेको छ र कम्पनी, परिवार तथा सरकारहरूको बजेटमा असर परेको छ । तर केही संस्था संकटको किनारामा पुगेका बेला युद्धबाट फाइदा हुने व्यवसाय वा अस्थिर ऊर्जा मूल्यबाट लाभ उठाउने कम्पनीहरूले भने रेकर्डको आम्दानी गरेका छन् ।

युद्धमा पनि यी हुन् अर्बौं कमाइरहेका केही क्षेत्र र कम्पनी :



१. तेल र ग्यास
युद्धको सबैभन्दा ठूलो आर्थिक असर ऊर्जा मूल्यमा भएको वृद्धि हो । विश्वको करिब पाँचौं भाग तेल र ग्यास स्ट्रेट अफ होर्मुज हुँदै ढुवानी हुन्छ, तर फेब्रुअरी अन्त्यदेखि ती ढुवानी लगभग रोकिएका छन् । यसले ऊर्जा बजारमा मूल्यको तीव्र उतारचढाव ल्याएको छ, जसबाट विश्वका ठूला तेल तथा ग्यास कम्पनीहरूले फाइदा उठाएका छन् ।

विशेष गरी युरोपेली तेल कम्पनीहरू लाभमा रहेका छन्, किनकी उनीहरूको ट्रेडिङ शाखाले मूल्यको तीव्र परिवर्तनबाट नाफा कमाएको छ । बीपीको नाफा वर्षको पहिलो तीन महिनामा दोब्बरभन्दा बढी बढेर ३.२ अर्ब डलर पुगेको छ । सेलले पहिलो त्रैमासिकमा ६.९२ अर्ब डलर नाफा कमाएको जनाएको छ ।

टोटल इनर्जीको नाफा २०२६ को पहिलो त्रैमासिकमा झण्डै एकतिहाइले बढेर ५.४ अर्ब डलर पुगेको छ । अमेरिकी कम्पनी एक्सन मोबिल र चेभ्रोनको आम्दानी अघिल्लो वर्षको तुलनामा घटे पनि उनीहरूले विश्लेषकहरूको अनुमानभन्दा राम्रो प्रदर्शन गरेका छन् र तेलको मूल्य अझै उच्च भएकाले आगामी महिनामा नाफा बढ्ने अपेक्षा गरेका छन् ।

२. ठूला बैंकहरू
इरान युद्धका बेला केही ठूला बैंकहरूको नाफा पनि उल्लेखनीय रूपमा बढेको छ । जेभी मोर्गनको ट्रेडिङ शाखाले २०२६ को पहिलो तीन महिनामा ११.६ अर्ब डलर आम्दानी गरेको छ, जसले बैंकलाई इतिहासकै दोस्रो ठूलो त्रैमासिक नाफा दिलाएको छ । बैंक अफ अमेरिका, मोर्गन स्टेन्ली, सिटी ग्रुप, गोल्डम्यान स्क्यास, वेल फार्गो लगायत बिग सिक्स बैंकहरुको नाफा पनि उल्लेखनीय रूपमा बढेको छ । यी बैंकहरूले २०२६ को पहिलो तीन महिनामा कुल ४७.७ अर्ब डलर नाफा कमाएका छन् ।

विश्लेषक सुजाना स्ट्रिटरका अनुसार युद्धले सिर्जना गरेको अस्थिरताले ट्रेडिङ गतिविधि बढाएको छ । केही लगानीकर्ताले जोखिमयुक्त सेयर बेचे भने केहीले घटेको मूल्यमा खरिद गरे, जसले बजारमा पुनः वृद्धि ल्यायो ।

३. रक्षा क्षेत्र
हरेक युद्धमा सबैभन्दा छिटो फाइदा पुग्ने क्षेत्रमध्ये रक्षा उद्योग पनि एक हो । विश्लेषक एमिली सविचका अनुसार युद्धले हवाई सुरक्षाको कमजोरी उजागर गरेको छ, जसका कारण युरोप र अमेरिकामा मिसाइल प्रतिरक्षा, ड्रोन प्रतिरोधी प्रणाली र सैन्य उपकरणमा लगानी बढेको छ । युद्धले सरकारहरूलाई हतियार भण्डार पुनः भर्न आवश्यक बनाउने भएकाले रक्षा कम्पनीहरूको माग बढेको छ ।

बीएइ सिस्टमले यस वर्ष बिक्री र नाफामा बलियो वृद्धि हुने अपेक्षा गरेको छ । लर्कहिड मार्टेन, बोइङ, नोर्थरोप ग्रुम्यानले २०२६ को पहिलो त्रैमासिकमा रेकर्डस्तरको अर्डर प्राप्त गरेको बताएका छन् । तर मार्च मध्यपछि रक्षा कम्पनीहरूको सेयर केही घटेका छन्, किनकि लगानीकर्ताले ती कम्पनीहरूको मूल्य अत्यधिक बढेको हुन सक्ने आशंका गरेका छन् ।

४. नवीकरणीय ऊर्जा
यो युद्धले जीवाश्म इन्धनमा निर्भरता घटाएर वैकल्पिक ऊर्जातर्फ जानुपर्ने आवश्यकता पनि देखाएको छ । विश्लेषक स्ट्रिटरका अनुसार यसले नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीको चासो अत्यधिक बढाएको छ, अमेरिकामा समेत । फ्लोरिडास्थित नेक्स्टएरा इनर्जीको शेयर यस वर्ष १७ प्रतिशतले बढेको छ । डेनमार्कका पवन ऊर्जा कम्पनी ख्भकतबक र इचकतभम ले पनि उल्लेखनीय नाफा बढेको बताएका छन् ।

बेलायतमा अक्टोपस इनर्जीले युद्धपछि सौर्य प्यानल र हीट पम्पको बिक्रीमा ठूलो उछाल आएको जनाएको छ । फेब्रुअरीपछि सौर्य प्यानल बिक्री ५० प्रतिशतले बढेको छ । पेट्रोलको मूल्य बढेपछि विद्युतीय सवारीसाधनको माग पनि बढेको छ, विशेष गरी चिनियाँ उत्पादकहरूले यस अवसरबाट धेरै फाइदा उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम