मुख्य समाचार
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प

। चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प बनेको छ । भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको हो ।

निर्माण कम्पनीका अनुसार गत पुस र फागुनमा गरी दुई पटक कामको रकम भुक्तानी माग गर्दा पनि नआएपछि विगत १५ दिनदेखि काम पूर्णरुपमा ठप्प छ ।

निर्माण कम्पनीका व्यवस्थापक विजय ढकालले आफूहरुले काम गर्न नसक्ने भएपछि रोक्नु परेको बताए । दुई वटा बिलको करिब १० करोड रकम भुक्तानी लिन बाँकी रहेको ढकालले बताए ।

निर्माण कम्पनीले बिल भरतपुर महानगरपालिकामा पेश गरेको छ । महानगरपालिकाले प्रदेश सरकारबाट आउनुपर्ने रकम आउन ढिलाइ हुँदा भुक्तानी दिन नसकेको जनाएको छ ।

रंगशाला निर्माणको काम हिमालयन कालिञ्चोक बिबिआर जेभीले गरिरहेको छ । ठेक्का सम्झौताको म्याद सकिन करिब ७ महिना मात्रै बाँकी रहँदा ५० प्रतिशतभन्दा केही बढी मात्रै भौतिक प्रगति भएको छ ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रविन क्षेत्रीका अनुसार पहिलो टावरको काम लगभग सकिएको छ । त्यसमा ट्रसका लागि वालको काम भैरहेको छ ।

यस्तै दोस्रो टावरको दुई तलाको ढलान सकेर तेस्रो तलाका लागि पिलर उठाउनको काम भैरहेको छ । प्याराफिट १ को सबै काम सकेर प्याराफिट २ मा ढलाइ सकिएको छ भने स्ल्याबको काम बाँकी छ ।

प्याराफिट ४ मा फर्मा ठोकेर डण्डी तयार गरी ढलानको तयारी गरिएको थियो । यस्तै विद्युत पावर केवलहरु भूमिगत गर्ने, भवन भित्र विद्युतको काम गर्ने, पानीको अण्डर ग्राउण्ड पाइपिङको काम अगाडि बढेको बेला काम रोकिएको हो ।

स्टेडियम बाहिर पहुँच सडक निर्माण तथा मैदानमा पानी जम्न नदिनका लागि जमिन भित्र पाइपहरु राखेर ड्रेनएजको काम अगाडि बढेको इन्जिनियर क्षेत्रीले बताए । मैदान तथा पिचका लागि आवश्यक सामग्रीहरु ल्याउने काम भैरहेका बेला काम रोकिन पुगेको उनले बताए ।



तोकिएको समय भित्र काम नसकिने भएपछि निर्माण कम्पनीले थप म्याद माग्ने तयारी छ । तर रकम निकासा भएर काम सुरु गरेपछि म्याद थपको प्रक्रिया अगाडि बढाउने तयारी छ ।

२०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच २०८३ पुस २२ गते अर्थात ३० महिना भित्र सक्ने गरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रूपैयाँको सम्झौता भएको थियो ।

सुरुमा काम थालेको धुर्मस–सुन्तली फाण्डेसनले पहिला नै ५ हजार जना बस्न मिल्ने प्याराफिट तयार गरेको थियो । अहिले थप १० हजार क्षमता थप्ने लगायत भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने सम्झौता ठेकेदार कम्पनीसँग महानगरले गरेको छ । मैदानमा ५ वटा पिचहरु बन्ने छन् । बर्खा नजिक आएकाले रकम निकासापछि पनि काम सहज हुनेमा आशंका छ ।

प्रदेश सरकारले रंगशाला निर्माण ठेक्काको कुल रकमको ७० प्रतिशत बेहोर्ने छ । बाँकी महानगरपालिका र केन्द्र सरकारले बेहोर्ने भन्ने छ । तर, चालु आर्थिक वर्षको बजेटमा केन्द्र सरकारले बजेट नै विनियोजन गरेको छैन । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारले विनियोजन गरेको २५ करोड रकममध्ये १० करोड रकम समयमा नै काम नगरेका कारणले फ्रिज भएको थियो । भरतपुर महानगरले चालु आर्थिक वर्षका लागि ४ करोड रूपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम