मुख्य समाचार
अमेरिकी संघीय अदालतले खारेज गर्‍यो ट्रम्पले लगाएको १० प्रतिशत कर
अमेरिकी संघीय अदालतले खारेज गर्‍यो ट्रम्पले लगाएको १० प्रतिशत कर

: अमेरिका र इरानको बढ्दो तनावकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो कानुनी झड्का पनि लागेको छ। ट्रम्पले विश्वभरका सामग्रीहरूमा लगाएको १० प्रतिशतको अतिरिक्त आयात शुल्क (कर)लाई अमेरिकी संघीय अदालतले अवैध ठहर गर्दै खारेज गरिदिएको छ।

अमेरिकी इन्टरनेशनल ट्रेड कोर्टले ट्रम्पद्वारा गत फेब्रुअरी २४, २०२६ मा लगाइएको १० प्रतिशतको विश्वव्यापी आयात शुल्कलाई कानुनी रूपमा अनुचित ठहर गरेको हो।

अदालतले आफ्नो फैसलामा भनेको छ कि ट्रम्पले सन् १९७४ को व्यापार ऐनको धारा १२२ को गलत प्रयोग गरेका छन्। यसअघि अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको व्यापक शुल्क नीतिलाई खारेज गरेपछि उनले यो नयाँ १० प्रतिशत शुल्क लगाएका थिए।



अन्तर्राष्ट्रिय व्यापार अदालतले २–१ को बहुमतले यो शुल्कलाई रद्द गर्ने फैसला सुनाएको छ। २४ वटा अमेरिकी राज्य र धेरै साना व्यवसायीहरूले यो शुल्क विरुद्ध मुद्दा दायर गरेका थिए। उनीहरूको ट्रम्पले सर्वोच्च अदालतको अघिल्लो आदेशलाई छल्नका लागि यो कदम चालेको दाबी गरेका थिए ।

ट्रम्पले भुक्तानी सन्तुलन मिलाउन यो शुल्क लगाएको दाबी गरे पनि अदालतले उक्त कानुन यस्तो अवस्थामा प्रयोग गर्न नमिल्ने ठहर गरेको छ।

यो फैसलासँगै अब अमेरिकी न्याय विभागले यसविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको छ। तर तत्कालका लागि ट्रम्पको यो ट्यारिफ योजनामा पूर्णविराम लागेको छ, जसले विश्व बजार र अमेरिकी उपभोक्ताहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम