मुख्य समाचार
युएईमाथि इरानद्वारा मिसाइल र ड्रोन आक्रमण
युएईमाथि इरानद्वारा मिसाइल र ड्रोन आक्रमण

: संयुक्त अरब इमिरेट्स (युएई) को रक्षा मन्त्रालयले इरानबाट भइरहेका मिसाइल र ड्रोन आक्रमणहरूको सामना गरिरहेको जनाएको छ। मन्त्रालयले अरबी भाषामा एक विज्ञप्ति जारी गर्दै याे जानकारी दिएकाे हो।

शुक्रबार बिहान सामाजिक सञ्जालमा जानकारी दिँदै मन्त्रालयले भनेको छ, 'मिसाइल र ड्रोनहरूलाई निस्तेज पार्ने सैन्य कारबाही जारी रहेकाले देशभर ठूला आवाजहरू सुनिएका छन्।'

अगाडि भनिएको छ, 'जनसाधारणलाई शान्त रहन र सम्बन्धित अधिकारीहरूले जारी गरेका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरिन्छ।'



यसअघि, अप्रिल ९ मा अमेरिका र इरानबीच युद्धविराम सुरु भएसँगै युएईले आफ्नो आकाश खतरामुक्त रहेको घोषणा गरेको थियो। तर, त्यसयता पनि युएईले निरन्तर रूपमा यस्ता आक्रमणहरूलाई बीचैमा रोक्दै आएको छ। पछिल्लो दुई महिनामा अन्य देशको तुलनामा युएईले इरानबाट सबैभन्दा बढी आक्रमणको सामना गरेको छ।

मे ३ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपरेशन प्रोजेक्ट फ्रिडम घोषणा गरेका थिए। जसको उद्देश्य स्ट्रेट अफ हर्मोजमा जहाजहरूको आवागमनलाई सुरक्षित बनाउनु थियो। इरानले यसलाई आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेप मानेको छ र युएई जस्ता अमेरिकी सहयोगी राष्ट्रहरूलाई निशाना बनाइरहेको छ।

यसैबीच इरानले युएईलाई अन्य खाडी मुलुकहरूबाट अलग्याउन र अमेरिकी सैन्य उपस्थितिलाई कमजोर बनाउन पटक पटक आक्रमण गरिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ ।

यसै हप्ताको सुरुमा ( मे ४ )फुजैराहको तेल भण्डारण क्षेत्रमा भएको ड्रोन आक्रमणले ठूलो आगलागी गराएको थियो। इरानले युएईको आर्थिक स्रोत र ऊर्जा केन्द्रहरूलाई कमजोर पार्न खोजेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम